पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
टुँडिखेलमा रेलका डिब्बामा बनेको प्यारापिट

पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौंकाे टुँडिखेल पश्चिमतिर राखिएको यो रेलको डिब्बा वि.सं. २०२५ सालसम्म देख्नेहरू धेरै नै पाइन्छन् । पछिल्लोपटक देख्नेहरूले यस भाँडोलाई शाैचालयको रूपमा पनि देखे होलान् । सार्वजनिक शाैचालयको अभाव भएको काठमाडौंमा यसलाई धेरैले शाैचालय नै बनाइदिएका थिए । त्यसपछि बालाजु उद्यानमा लगेर मिल्काइयो । र, त्यहीँ नै यसको अस्तित्व पनि हरायो ।

रेलको डिब्बा टुँडिखेलको पश्चिमतर्फ राणा प्रधानमन्त्री जुद्धशमशेरको समयमा राखिएको थियो । सुरुमा यस प्रकारको डिब्बा ७ वटा थियो । यो डिब्बा रेलको डिब्बा नै थियो तर आवश्यकता अनुरूप केही परिवर्तन गरिएको थियो ।


जुद्धशमशेरको समयमा नरशमशेरको नेतृत्वमा बेलाबेला फुटबल खेल भइरहन्थ्याे । मदनशमशेरको नेतृत्वमा क्रिकेटका खेलहरू हुने गर्थे । त्यो समयको निकै चर्चित फुटबल तथा क्रिकेटको खेल हेर्न जुद्धशमशेर आफ्नी रानी तथा परिवारका अन्य सदस्यहरूसहित टुँडिखेल पुग्दथे । प्रधानमन्त्री तथा अन्य पारिवारिक सदस्य तथा विशिष्ट व्यक्तिहरू यही डिब्बामा घामपानीबाट सुरक्षित भएर फुटबल हेर्थे । 

वि.सं १९८४ सालमा नेपालमा रोपवे चल्थ्यो ! (भिडियो सहित)

बबरमहल टिम, श्रीदरबार ११ टिम तथा जावलाखेल टिमका क्रिकेट म्याच तथा फुटबलमा राम जानकी कप प्रतियोगिता नै हुन्थ्याे । यसरी यी खेलहरू हेर्न राणा परिवारका महिला सदस्यहरू पनि पुग्थे । यी राणा परिवारका महिला सदस्यहरूको लागि पनि सुरक्षित भएर खेल हेर्न सहजता यही भित्र नै हुन्थ्याे । 

सातवटा डिब्बाहरू जमिनमा ओछ्याइएको लिकमा नै राखिएका हुन्थे । यस लिकको प्रयोजन उत्तर र दक्षिणतर्फ सार्नका लागि प्रयोग गरिन्थ्यो । खासै लामो लिक ओछ्याइएको थिएन तर पनि लिक मार्फत दायाँबायाँ सार्न भने सहज हुन्थ्यो । सायद फुटबल तथा क्रिकेट खेलको समय वा स्थान चयन गर्दा यसलाई पायक पर्ने ठाँउमा सार्नका लागि पनि लिक राखिएको हुन सक्छ ।

अब प्रश्न आउँछ यी रेलका डिब्बा काठमाडौंमा अन्य प्रयोजनका लागि ल्याइए पनि उपयोग विहीन भएपछि फुटबल तथा क्रिकेट हेर्नका लागि बनाइएको त होइन ? वा भनौँ काठमाडौं उपत्यकामा गुड्ने मातातीर्थ रेलवेका डिब्बा त होइनन् ? मातातीर्थमा रोपवे ले ल्याउने सामान ओसार्न प्रयोग भएको मोटर ट्रलिमा यस्ता खालका डिब्बाहरू थिएनन् भन्ने स्थानीय ज्येष्ठ नागरिकहरूले बताए । त्यसैले नेपालमै कतै ल्याइएका रेलको डिब्बा आवश्यकता भन्दा बढी संख्यामा ल्याइएपछि बढी भएका डिब्बालाई परिवर्तन गरी यस प्रकारको प्रयोजनका लागि परिमार्जन गरी टुँडिखेलको पश्चिममा लहरै राखिएका हुन् कि !

चन्द्रागिरिमा राणाकालीन रेल खोज्दै ७७ वर्षीय अमेरिकी नागरिक

नेपाल सरकारका पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलको अनुमानमा यी डिब्बाहरू नेपालमा रेल चल्न थालेपछि शासकहरूले जनतालाई रेल भनेको यस्तो हुन्छ भनेर देखाउनका लागि काठमाण्डाै ल्याएका हुनसक्छन् । ढुंगेलले आफुहरू स्कुले विद्यार्थी हुँदा यी डिब्बाहरूमा पानी पर्दा ओत लागेको स्मरण गर्नुभयो ।

सन्दर्भ सामाग्री

डा. द्वारिकानाथ ढुंगेल
सुनिल उलक
ब्रिटिश लाइब्रेरी
मदन पुरस्कार पुस्तकालय


 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर