पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा

पढ्न लाग्ने समय : 2 मिनेट

नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो । नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा हनुमानढोका दरबारमा भएको बेलामा मोहन शमशेरले आफ्नो आगामी नीति तथा कार्यक्रमलाई समेटेर वक्तव्य जारी गर्दा विश्वविद्यालय स्थापना गर्ने विषय यसरी लेखेका थिए – ‘उच्च शिक्षाको पनि नितान्त आवश्यकता भएकाले नेपालमा एक विश्वविद्यालयको स्थापना गर्ने हाम्रो लक्ष्य छ ।

यसका लागि कस्तो बन्दोबस्त चाहिन्छ, सबै कुरा विचार गरी एक मोटामोटी योजना खडा गरेर हाम्रा हजुरमा सकभर चाँडो जाहेर गर्नका लागि एक विश्वविद्यालय योजना जाँचसभा (कमिसन) मुकर्रर हुनेछ । यसबाट चाँडो काम भई हाम्रो अभिलाषा सफल हुनेछ भन्ने आशा गरिबक्सेका छौँ ।”

पछि शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्र शमशेरको नेतृत्वमा २५ सदस्यीय विश्वविद्यालय योजना सभाको गठन पनि भएको इतिहास भेटिन्छ । विजय शमशेर उपाध्यक्ष रहेको उक्त समितिका सदस्यहरूमा लेक सुवणर् शमशेर, नायब बडागुरुज्यू हेमराज पण्डित, गुरु नयनराज धर्मशास्त्राचार्य, मेक बालकृष्ण (सम) जबरा, लेक खड्गनर्सिंह राणा, जीतेन्द्रबहादुर शाह, यज्ञबहादुर बस्नेत, सूर्यजङ्ग थापा, गुञ्जमान सिंह, रुद्रराज पाण्डेय, नरेन्द्रमणि आदी, सिद्धिमणि आदी, भीमबहादुर पाँडे, प्रो. हृषीकेश शाह, बोधविक्रम अधिकारी, प्रो. सुधीरकुमार राय चौधरी, प्रो. क्षितीशचन्द्र चक्रवर्ती, प्रो. आशुतोष सेन, प्रो. आशुतोष गाङ्गुली, प्रो. भवनाथ उपाध्याय, प्रयागराज पाण्डे, वेदनाथ र गजानन्द देवरात रहेका थिए ।

उक्त समितिको उद्देश्य ‘नेपालमा उच्च शिक्षाको उन्नति र अनुसन्धान गर्ने विश्वविद्यालय स्थापनाका लागि योजना बनाई श्री ३ महाराजका हजुरमा पेस गर्ने’ भन्ने थियो । मृगेन्द्र शमशेरले इन्डियामा पत्राचार गरी त्यहाँको विश्वविद्यालयको ऐनसमेत प्राप्त गरिसकेको इतिहासमा भेटिन्छ । तर त्यो समयमा विश्वविद्यालयको काम अघि बढ्न सकेको थिएन ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर