पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
२०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए

पढ्न लाग्ने समय : 7 मिनेट

सरोज कुमार खनाल सामान्य परिवारका सदस्य हुन् । १६ जना परिवारको साथमा खुसी साटेर जीवन निर्वाह गरेका उनमा २५ वर्षको उमेरमा बज्रपात आइलाग्यो । उनले बाढीपहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनु पर्ला भनेर कहिल्यै सोचेका थिएनन् । मकवानपुर जिल्लाको तत्कालिन पालुङ गाविस ९ फेदीगाउँमा जम्बो परिवारका साथ बस्दै आएका खनाल त्यतिबेलाको परिवेशलाई सम्झँदा भक्कानिन्छन् ।

फेदीगाँउमा ७ दिनसम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढीपहिरोले घर लगेको देख्दा यो अकल्पनीय रहेको बताउँछन् । बाढी पहिरो जाने कुनै सम्भावना नभएको ठाउँमा विनासकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ भन्छन् खनाल । खेती किसानीबाट जीविकोपार्जन गर्ने उनको परिवार छिन्नभिन्न भयो भन्ने खबर सुन्दा अचम्म लाग्ने कथा २९ वर्षदेखि बोकी रहेका छन् खनालले ।
त्यतिबेला ५ जना जीवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भिड समेत थिएन किनभने गाँउ नै रोइरहेको अवस्था थियो ।

कुरा २०५० को हो, साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारीपट्टि रहेको सिखरकोट बजार हिंड्छन् । ३ दिन देखि आइरहेको अविरल पानीको प्रवाह खासै कसैले गरेनन् । खनाल पनि छाता ओडेर सिखरकोट बजार लागे । त्यतिबेला पञ्चायती व्यवस्थाको अन्त्यपछि ०४७ को संविधान जारी भएसँगै २०४९ को निर्वाचनबाट पालुङ गाविस बन्यो । जनमुखीकर्मी रुपचन्द्र विष्टले निर्माण गरेको पालुङ विकास समितिलाई पालुङ गाविस र दामन गाविस मिलाएर संयुक्त आर्थिक विकास समिति चलाईएको थियो । यो समितिको संयोजक भएर काम गरेका खनाल यही शिलशिलामा घरबाट निस्केका थिए । यो समितिको संयोजकको कामले खनाललाई विपत्तिबाट बचाउन सफल भएको उनको तर्क रहेको छ ।

तत्कालीन विकास घरमा बसेर काम गरिरहेका खनाल भित्री काम भन्दा पनि बाहिर पानीको बेग बढेका कारण मनमा डर लिइरहेका थिए । दिउँसो ४ बजेतिर यत्ति ठूलो पानी पर्यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका छैनन् रे । ठूलो पानी परेका कारण खनाल घर जाने अवस्थामा पनि थिएनन् । उनले त्यो रात पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटिरहे । खनालसँग भएको जिप कम्पनीको टर्चलाईट बाल्दा पानीको धारा लाईटबाट अगाडि नबढ्ने अवस्थामा थियो । चारैतिर मुसलधारे पानीको बेग भएपछि खनालमा चिन्ता बढ्नु स्वभाविक थियो । जब बिहान उज्यालो भयो तब उनले बाढीको प्रवाह नगरी आफनो घरतिर लागे । जब उनी घरमा पुगे न उनले न घर देखे न परिवार नै । उनको घर परिवार रातको ठूलो बेगमा आएको बाढीसँगै बगाइसकेको थियो । उनले एकैदिन ११ जना परिवार गुमाएको डर लाग्दो कथा सुनाउँदा हामी जसलाई पनि आङ सिरिङ्ग हुनु स्वभाविक छ । यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका खनाल भयभित भए । रोए कराए तर के गर्नु दैवका अगाडि उनको केही लागेन ।
सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सतर्क थिएन । सञ्चारको विकास थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाउँ डुबानमा पर्यो।

खनाल मधुरो स्वरमा भन्छन् दैव र दसा एकैपटक लाग्यो । उनले एकै राती आफनो बा, आमा, श्रीमती, भाउजु, २ जना भाइहरु, २ जना दाइको छोरा भतिजाहरु, आफनो बच्चा ३ जना गरी ११ जना गुमाउनु पर्यो । जब बिहान घरमा खनाल पुगे परिवार पुरिएका थिए, गाईवस्तु केही पानीमा तैरिएको थिए भने धेरै पुरिएको अवस्थामा थिए । खाद्यान्न नगदसँगै खनालको आफ्नो शरीरमा भएको एकसरो कपडा बाहेक केही बाँकी रहेनन् । उनी फेदीगाँउको ठूलो दुर्दशा भोग्ने व्यक्ति हुन पुगे ।

बाढीपहिरो कसरी आयो भन्ने प्रश्नमा खनाल पनि अचम्ममा छन् । कुनै सोचनीय ठाउँ छैन् । यकिन गर्ने परिवेश छैन् । अग्लो डाँडामा घर भएको र तल सानो २ खोल्सा थिए । यही खोल्सामा बगाएर ल्याएका उतिसका रुखका जराहरु अडकेर ड्याम बन्यो अनि यो फुटेर आउँदा घर बगाएको उनको अनुमान छ । तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टका अनुसार पनि यही अनुमान छ । डाँडोको बीचमा भएको खोँच भरिदै आएर फुटेपछि यसबाट निस्केको बेगले नै घर बगाएको अनुमान विष्टको पनि छ ।

जब यति ठुलो विपत्ति आयो खनालका भाइ र दाइ काठमाण्डौमा, दिदीहरु हेटौँडामा र आफू पारी सिखरकोट रहेकाले बाँच्न सफल भएको उनको भनाइ छ । त्यतिबेला ५ जना जीवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भिड समेत थिएन किनभने गाँउ नै रोइरहेको अवस्था थियो । सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले आफनो बचेको गोठमा कति रात कटाए भनाैं जीविकोपार्जन चलाए । त्यतिबेला राहतको नाममा ७ हजार पाएका उनले यसकै भरमा परिवार डोहोर्याउनुपर्ने बाध्यता थियो । जीवनमा विपत्ति थाहा दिएर आउँदैन भन्ने मनशायलाई खनालले मनमा राखे, मन बुझाए । तर के गर्नु त्यो २९ वर्ष देखिको आलो घाउ मनमा छँदैछ । खनालले आफू बाढीपहिरोको पिडित भएकै कारण बाढीपीडित कन्स्ट्रक्शन निर्माण सेवा दर्ता गरेर काम गर्न थालेको बताउछन् । जे होस् उनले अहिले आफूलाई सफल बनाउन ठूलो मिहेनत र संर्घष गरेको उनको भनाइ छ ।

तर त्यो पीडाले अहिले पनि दाजुको अवस्था नाजुक रहेको उनको तर्क छ । भाइले पनि सामान्य जीविकोपार्जन् गरिरहेको बताउँदै खनाल भन्छन् बसोबास गरेको स्थान जोखिम छ भन्ने थाहा भइदिएको भए सायद परिवारसँग अझ धेरै खुसी साट्न पाइन्थ्यो । बाढी वा पहिरोबाट बच्ने उपायहरुको विषयमा आफूले थाहा पाएपनि बचाउन नसकिएको उनको भनाइ छ । रेडियो नेपालबाट बज्ने सूचनाबाट उनले धेरै कुराहरु जानेका थिए तर के गर्नु त्यो लागु गर्ने अवस्था नै आएन । २०५० सालको बाढी वा पहिरोको प्रभाव अहिले पनि दाजुले र आफुले भोगिरहेको उनको भनाइ छ । अहिले खनाल यातायात व्यवसायी भएका छन् । बाढीपहिरोको ८ वर्षको पिडापछि नयाँ जीवन सुरु गरेका खनालको परिवारमा अहिले श्रीमती, छोरा र छोरीहरु छन् । हाल उनी हेटौडा उप महानगरपालिका वडा नम्बर ५ मा बस्छन् ।

२०५० सालको बाढीपहिरो प्रभावित खनाल आजभोलि विगतलाई सम्झदै गाँउहरुमा आउने बाढीपहिरोका पीडितहरुका लागि सहयोग गर्न सबैभन्दा अगाडि आइलाग्छन । आफूले दुःख भोगे पनि अरुले भोग्नु नपरोस् भन्ने उनको भनाइ छ ।

त्यसबेलाको सूचना संप्रेषणमा कमजोर भयो भनौ या संयन्त्र नै नभएका कारण परिवार गुमाएको खनालको भनाइ छ । बाढीपहिरो सम्बन्धी सूचना पाएको भए सायद परिवार बच्न सक्ने उनको तर्क छ । सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सतर्क थिएन । सञ्चारको विकास थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाउँ डुबानमा पर्यो, खनालको भनाइ छ ।

सन्दर्भ सामाग्री

जेन क्यारल
फोटो म्यूजियम नेपाल
थाहा टाइम्स
मणिराज गाैतम

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर