पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा

पढ्न लाग्ने समय : 2 मिनेट

दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।

यस्तैमा एउटा कार ककनी हुँदै ओशो तपोवन रहेको गोलढुंगा भञ्ज्याङ आइपुग्यो। गाडीमा तीन यात्री थिए। एक जना चालक, सँगैको सिटमा उनकी श्रीमती अनि पछिल्तिरको सिटमा सैनिक बर्दी लगाएका अर्का एक पुरुष। कार चालकको आँखा गाडी नपाएर निराश र हतास मुद्रामा अघि बढिरहेको एक दम्पतीतिर पर्‍यो। तीमध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दाहिँड्दा थकित भइसकेकी पत्नीले समाइरहेकी थिइन्।

गाडी नपाएर यस्तो सास्ती भोगिरहेको दम्पतीका अघिल्तिर कार रोकियो। चालकले लोग्नेमान्छेसँग सोधे, “कहाँ पुग्ने हो ?” उनले जवाफ दिए, “भक्तपुरको सुडाल।” चालकले बच्चासहितका दम्पतीलाई कारमा बस्न अनुरोध गरे। अनि, बालाजु बाइपाससम्म ल्याएर छाडिदिए। त्यस कारका चालक अरू कोही होइन, राजा वीरेन्द थिए। साथमा थिइन्, रानी ऐश्वर्य। कारको पछिल्तिरका सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेनानी सुन्दरप्रताप राना थिए। यो थियो, राजा वीरेन्द्रको सहृदयताको नमुना, जो ठीक १४ वर्षअघि १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा आफ्नो पूरै वंशसहित मारिएका थिए।

राजा वीरेन्द्रका बारेमा अक्सर कल्पना हुन्छ, उनको जीवनशैली, भव्य र विलासी थियो होला। उनी बस्ने दरबार पनि त्यस्तै भव्य थियो होला, जस्तो राणा शासकहरूको हुने गथ्र्यो। बोलीचाली त्यस्तै रवाफिलो थियो होला। तर, यस्ता सोचाइ र अनुमान विपरीतका थिए, राजा वीरेन्द्र। उनी सहृदयी र कोमल प्रकृतिका थिए। यो कुरा बुझ्न काफी छ गाडी नपाएर असिनपसिन बनेको त्यो दम्पतीलाई लिफ्ट दिएको घटना।

सन्दर्भ सामाग्री

नेपाल साप्ताहिक
सामाजिक सञ्जाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर