पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा

पढ्न लाग्ने समय : 3 मिनेट

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो ।

उनीहरूको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा थिए । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना गर्‍यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाइ थियो ।

सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराएका थिए । त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उनले उल्लेख गरे । दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताए ।

जुआनका अध्यक्ष डा प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’ का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा खड्ग केसी, महासचिव डा जीवन भट्टराई, जानका अध्यक्ष डा रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा ताराप्रसाद सापकोटा, जुआनका पूर्वअध्यक्ष डा दिनेशराज भुजु, अशोक शम्शेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शम्शेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनीत गरेको घोषणा गरियो । जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इञ्जियीर पद्मसुन्दर मल्ल हुन र उनले सन् १९१६ मा जापानमा अध्ययन गरेका थिए ।

अनलाइनखबरबाट । 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर