पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
वि.सं १९८४ सालमा नेपालमा रोपवे चल्थ्यो ! (भिडियो सहित)

पढ्न लाग्ने समय : 5 मिनेट

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले विक्रम संवत् १९८४ सालमा नेपालमा दोश्रो रोपवे को सुरूवात गरेका थिए जसको नाम थियो त्रि-चन्द्र नेपाल तार रोपवे । अमेरिकी सहयोग नियोग यूएसएडले २०२१ सालमा आर्थिक र प्राविधिक सहयोग गरेपछि २२ किलोमिटरको रोपवेको लम्बाइ ४२ किलोमिटर बन्यो जसले मकवानपुरको धोर्सिङ (भीमफेदी) बाट  काठमाण्डाैको मातातीर्थसम्म सेवा दिएकोमा विस्तारपछि हेटाैँडाबाट काठमाण्डाैको टेकुसम्म सामान ढुवानी गर्न सहज हुन थाल्यो ।


 

यसको सुधार हुनुपुर्व भारतबाट अमलेखगञ्जसम्म रेलमा ल्याइएको सामान धोर्सिङसम्म ट्रकमा राखेर ल्याइन्थ्यो अनि त्यहाँबाट रोपवे ले मातातीर्थ पुर्याएर करिब १ लाख ५० हजारको संख्यामा रहेका राजधानी र आसपासका नेपाली नागरिकहरूको आवश्यकता पुर्ति गर्दथ्यो 

२०११ मा बाढीले धोर्सिङको पावर हाउसमा क्षती पुग्यो र रोप-वे बन्द भयो । त्यसपछि सरकारले पहिलो पञ्चवर्षीय योजना (२०१३-२०१८) मा यो रोप-वे विस्तारको योजना बनायो र, २०१६ सालबाट काम थालियो । अमेरिकी सहयोगमा रोप-वे विस्तार गरियो ।

२२ किलोमिटर लम्बाइ हुँदाको बखत रोपवे ले ८ टन सामानको भार बहन गर्दथ्यो । जब रोपवे को लम्बाई ४२ किलोमिटर बनाइयो त्यसपछि यसले दैनिक २२ टन विशेषगरि तरकारी र अन्य सामान ४ घण्टा १२ मिनेटमा हेटाैँडाबाट काठमाण्डाैको टेकुसम्म आइपुग्न थाल्यो । रोपवेले काठमाडौंबाट हेटौंडा ल्याउँदा प्रतिघण्टा ११ टन सामान बोक्न सक्थ्यो भने हेटौँडाबाट काठमाडौँ प्रतिघण्टा २२ टन सामान ल्याउन सक्थ्यो ।


वि.सं. २०१५ सालमा रोप वे विस्तारका लागि लठ्ठा बोक्दै श्रमिकहरू

रोपवेको सुरुको क्षमता २५ टन भएपनि पछि क्षमता घटेर २२ टन थियो । सडक मार्ग खुलिसकेको भएतापनि पक्की नभैसकेकोले वर्षायाममा मालसामान ढुवानीमा कुनै अवरोध नहोस् भनि अमेरिकी सहयोग नियोगले ६४ लाख डलरमा रोपवेको लम्बाइ बढाउन आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । २०५० सालमा बाढीले त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्ग क्षत विक्षत बनाउँदा यो रोपवे ले मालसामान काठमाण्डाै पुर्याउन निकै सघाउ पुर्याएको थियो । तत्कालीन समय रोपवे सञ्चालन हुँदा सामग्री ओसारपसारका लागि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो भनिन्छ । २०५४ सालमा बन्द नहुञ्जोल रोपवेले प्रतिकेजी ३४ पैसामा सामान ढुवानी गर्दै आएको थियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवामा ९ सय जना रोजगार थिए, तत्कालीन समयमा प्राविधिक समस्या (ट्रान्सफर जलेको) उत्पन्न भएपछि उक्त समस्या हल गर्न ४ लाख खर्च गरिएको भए रोपवे सञ्चालन गर्न सकिन्थ्यो भन्ने जानकारहरूको तर्क रहेको छ । वैकल्पिक मार्ग नखुलेको भए सरकारलाई मालसामान ढुवानीको विकल्प नहुने र रोपवे सञ्चालन गर्नै पर्ने कर लाग्थ्यो फेरि सरकारले वैकल्पीक उपाय पाएपछि रोपवे संचालन हुन सकेन् ।

अन्ततः २०५४ साल बैशाखदेखि बन्द रोपवे सरकारले २०५९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट खारेजै गर्यो । ९ सय कर्मचारीको रोजगारी खोसियो, मालसामान ढुवानीमा हुने सहजता हट्यो । एक किलो सामाग्रीको ५ पैसामा ढुवानी हुने गरेकोमा सामग्री ओर्सादा प्रतिकिलो एक पैसामात्र खर्च हुने गरेको रोपवेको छेउछाउका बासिन्दाको अभुवभ छ  । त्यतिबेलाका बासिन्दाहरु रोपवे स्थापनालाई नयाँ युगको सुरुवातको रुपमा लिने गर्दथे र यसको प्रशंसा नगर्ने कमै मानिस भेटिन्थे ।

विस्तारित रोप वेमा हेटाैंडाबाट सामान ढुवानी हुँदै । पृष्ठभुमीमा कीर्तिपुर शहर तथा चन्द्रागिरि पहाड

तर अहिले तारमा झुण्डिएका डब्बाहरुमा झार उम्रिएका छन्, रोपवेका कारण घर नबनेका स्थानहरुमा अहिले धमाधम घर निर्माण हुन थालेका छन्, काठमाण्डाैमै पनि रोपवेका तार तथा खम्बाहरू नीजि घरका कम्पाउण्डभित्र पारेर भाैतिक संरचना निर्माणले तिव्रता पाएको छ । अहिलेपनि कतै कतै रोपवेका तार तथा डब्बा (क्यारियर) हरू झुण्डिएको देख्न पाइन्छ ।

यो पनि पढ्नुहोस् ट्रलिबसः जोगाउन नसकिएको एउटा इतिहास

सन्दर्भ सामाग्री 
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर