पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
कता होलान् जंगबहादुरले धरहराबाट फाल हाल्न बनाएको 'प्यारासुट' ?

पढ्न लाग्ने समय : 3 मिनेट

१८९८ मंसिर (सन् १८४१) महिनामा बहुलाएको हात्ती काबुमा ल्याउन सफल भएबापत तोपखानामा कार्यरत जंगबहादुर युवराज सुरेन्द्रको अंगरक्षकमा सरूवा भए । माघ महिनामा युवराजलाई मानसिक रोगले ग्रस्त बनायो । हावापानी बदल्न युवराजको टोली जंगबहादुर सहित त्रिशुली जाने भयो । करिब १ महिनाको त्रिशुली बसाइपछि युवराजको टोली काठमाण्डाै फर्कियो । 

उदण्ड स्वभावका युवराज सुरेन्द्र टहल्दै राजदरबार (हनुमानढोका दरबार) बाट खिचापोखरी हुँदै धरहरा नजिकै पुगे । त्यसबेला धरहराको मुख्यद्वारमा लगाइएको भोटे ताल्चाको साँचो जंगबहादुरका माइला भाइ बमबहादुर कुवँरसँग थियो । दिवंगत जनरल भीमसेन थापाले बनाएको भीमसेन स्तम्भ (धरहरा) निकैबेर हेरेपछि साथमा रहेका कप्तान जंगबहादुरलाई युवराजले धरहराबाट "हाम फाल" भने । कप्तान जंगबहादुरको सातो गयो । धरहराबाट हाम फाल्दा अवश्य ज्यान जाने निश्चित प्रायः थियो । जंगबहादुरले भाइ बमबहादुरलाई लुक्न आँखाको इसारा गरेपछि जंगबहादुरले भने "सरकार ! सरकारकै हुकुमबाट तल मुल ढोकामा भोटे ताल्चा लगाउन लगाइबक्सेर ढोका बन्द गराइएको हो तसर्थ ताल्चा तोड्नु मनासिब परोइन्, साथै सरकार ! हाल यहाँ १०-२० जवान मात्रै छाैं, १५ दिनपछि एक समारोहको आयोजना गरी धरहराबाट फाल हालेमा सबैले सो तमासा देख्न पाउनेछन् । तसर्थ १५ दिनपछि मात्र धरहराबाट फाल हाल्नु उपयुक्त हुन्छ । " जंगेको कुरा युवराजलाई चित्त बुझ्यो । उनी "लाै हुन्छ, जंगेले धरहराबाट फाल हालेको तमासा सबैले देखून्" भनी चुप लागे । 

यो पनि पढ्नुहोस् जंगबहादुरका जेठा ज्वाँई थिए नेपालमा चियाको बोट रोप्ने पहिलो व्यक्ति

कप्तान जंगबहादुरले तत्काल धरहराबाट फालहाल्नु नपरेपनि सन्की युवराजले कुनबेला "जंगे लाै फाल हाल् " भन्ने हो ? तसर्थ फाल हाल्नु नै परेमा के गर्न सकिन्छ, त्यस विषयमा सोच विचार गरी जंगबहादुरले शीघ्राती शीघ्र २ वटा बाँसका ठूल्ठूला हल्का तर मजबुत छाताहरू पाटनमा बनाउन अह्राए । जंगबहादुरको भाग्य बलियो, युवराजले उनलाई धरहराबाट फाल हाल्न लगाउने कुरो बिर्सिए साथै अरूले पनि सम्झाइ दिएनन् । 

फिल्ड मार्सल रूद्रशमशेरको कथनअनुसार वि.सं. १९५८ (सन् १९०१) सम्म पनि श्री ३ देवशमशेरको थापाथलीस्थित दरबारको गारतमा जंगबहादुरले निर्माण गराउन लगाएका २ वटा बाँसका विशाल छाताहरू राखिएका थिए । 

सन् १८४१ मा आधुनिक प्यारासुटको विकासले खासै व्यापकता नपाएको सन्दर्भमा जंगबहादुरको कल्पनालाई मान्नै पर्नेहुन्छ । 

विम्बात्मक तस्विर

सन्दर्भ सामाग्री
पुरूषोत्तमशमशेर जबरा
श्री ३ हरूको तथ्य वृतान्त
विकिपिडिया

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर