पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
जंगबहादुरका जेठा ज्वाँई थिए नेपालमा चियाको बोट रोप्ने पहिलो व्यक्ति

पढ्न लाग्ने समय : 6 मिनेट

नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राटको हातबाट चिनिँया जातको चियाको बीउ उपहार पाएका थिए । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको मानिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।  थापाले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ ।



तर, जहाँनिया राणाशासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन् । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो । 

वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।

वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।


विसं १९२० मा गजराजसिंह थापाले राेपेकाे चियाकाे बाेट

चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । 
नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफि दिवस चाँही हरेक मंसिर १ गते ।

यो पनि पढ्नुहोस् हराउँदै 'कोल'


तस्विरमा: जंगबहादुरका ज्वाइँ-छोरी - कर्णेल गजराज सिंह थापा क्षेत्री र साथमा उनकी पत्नी महाराजकुमारी बदन कुमारी (जंगबहादुरको पहिलो सन्तान र जेठी छोरी) । कर्णेल थापा पूर्वी क्षेत्रको गभर्नर जनरल थिए । भनिन्छ, जंगबहादुरले उनलाई बिर्तामा एउटा पुरै जिल्ला दिएर सम्मानित गरेका थिए ।

☕ चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला = झापा

☕ क्षेत्रफलका हिसाबले चियाखेती गरिएका प्रमुख जिल्ला = झापा, इलाम, पाँचथर

☕ धेरै किसान चिया खेतीमा संलग्न भएको जिल्ला = इलाम

☕ सबैभन्दा बढी चिया बगान भएको जिल्ला = इलाम

☕ नेपालमा हाल व्यावसायिक चिया खेती गरिएका जिल्ला = १४ (प्रदेश १ का १०, बागमती प्रदेशका ४ जिल्ला)

☕ नेपालमा चिया खेती सुरू भएको मिति = वि. सं. १९२०

☕ नेपालमा चिया खेती सुरूवात भएको जिल्ला= इलाम

☕ चियामा पाइने तत्व= टेनिन

☕ चिया विकास निगमको स्थापना = वि. सं. २०३३

☕ नेपालमा चिया दिवस = बैशाख १५

☕ नेपालमा चिया रोप्ने पहिलो व्यक्ति = गजराज सिंह थापा (जंगबहादुर राणाका ज्वाँई)

☕ विश्वको पहिलो नगदे बाली = चिया

☕ नेपालको पहिलो टि स्टेट = बुधकरण टि टेस्ट ( वि.सं. २०१६ मा स्थापना)

☕​​​​​​​ नेपालमा प्रथम पटक चिया गणना = वि. सं. २०७५ माघ २५

☕​​​​​​​ चिया क्षेत्र घोषणा भएका ५ जिल्ला = पाँचथर, इलाम,तेह्रथुम ,धनकुटा ,झापा

☕​​​​​​​ चिया क्षेत्र घोषणा गर्ने राजा = राजा वीरेन्द्र

☕​​​​​​​ चिया क्षेत्र घोषणा भएको मिति= वि.सं. २०३९

☕​​​​​​​ कालो चिया र दानादार चिया भनेर चिनिने चिया= सीटीसी

☕​​​​​​​ नेपालमा सबैभन्दा बढी उत्पादन हुने चिया = सीटीसी

☕​​​​​​​ हिमाली क्षेत्रमा पाईने चिया = अर्थोडक्स

☕​​​​​​​ तराई क्षेत्रमा पाईने चिया = सीटीसी

☕​​​​​​​ विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश = चीन

सन्दर्भ सामाग्री

गाैरव लुइँटेल
मदन पुरस्कार लाइब्रेरी
विभिन्न अनलाइनहरू
सुवोध राणा
​​​​​​​नेपाल वाच

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर