पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
जंगबहादुरका केही किस्सा

पढ्न लाग्ने समय : 4 मिनेट

नेपालमा राणाशासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंगबहादुर कुँवर, जंगबहादुर राणा) को निधन भएको १ सय ४४ वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ । उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण । यहाँ जंगबहादुरका केही किस्साहरू प्रस्तुत गरिएको छः

  • वि.संं १८९८ सालको फाल्गुन महिनामा शिकारका लागि महाराजधिराज श्री ५ राजेन्द्र तराई लागेका थिए । शिकार दलले फेला पारेको जंगली हात्ती नियन्त्रणमा लिन राजा राजेन्द्रले खुब इच्छा देखाएतापनि कसैले समात्न सकेनन् । शिकार दलमा रहेका जंगबहादुरले त्यस हात्तीका दुवै खुट्टामा डोरी बाँध्न सफल भए, जस बापतको पुरस्कार श्री ५ राजेन्द्रबाट जंगबहादुरले नेपाली सेनाको कप्तान पद पाए । 
     
  • वि.संं १८९८ सालको चैत्र महिनामा बसन्तपुर दरबारमा मत्त राँगोको  पुच्छर पछिल्तिरबाट समाती जंगबहादुरले वशमा लिएका थिए । 

    यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

     
  • वि.संं १८९९ ताका काठमाण्डाको कुनै एक बस्तीमा आगलागी भएको खबर जंगबहादुरको कानसम्म पुग्यो । उनले उक्त आगलागीमा फसेका आमाछोरीको उद्दार गरे । सोही सालताका मनोहरा नदीमा भीषण बाढी आयो । जंगबहादुरले बाढीमा फसेका २ जना महिलाको चुल्ठोमा समातेर बचाए ।
     
  • एकबखत दहचोक (हाल चन्द्रागिरि नगर) मा चितुवा आतंकले स्थानीयमा हैरानी भएको जंगबहादुरले सुनेछन्, जंगबहादुरले उत्पात मच्चाउने चितुवा छप्काइदिएको खबर नेपाल खाल्डोमा निकैसम्म चर्चा भइरह्यो । यो घटना भएको केही दिनपछि राजाको हात्ती बहुलाएर आफ्नो माहुतेलाई नै मारिदियो । जंगबहादुरले महाराजको अनुमितिमा हात्ती आउने भनिएको बाटोको एउटा घरमा पसेर झ्यालबाट हात्तीको काँधमा हामफाले र हात्तीको घाँटीमा छुरी धसाई  नियन्त्रणमा लिन सफल भए । 
     
  • एकपटक युवराज सुरेन्द्र धरहराको बाटो हुँदै कतै सवार हुँदै थिए । जंगबहादुरले यो धरहराबाट फाल हाल्न सक्लान् कि नसक्लान भनि विचार गरि जंगलाई धरहराको टुप्पोबाट हाम फाल्न हुकुम दिए । जंगबहादुरले आफुले हाम फाल्न सक्ने तर सो काम दुई सातापछि मात्र गर्ने बताए । तर दुई सातामा युवराज सुरेन्द्रले उक्त कुरा बिर्सिए । 
     
  • जंगबहादुर बेलायतमा रहँदाका पनि अनेक किस्सा छन् । एक दिन उनी महारानीसंग बग्गीमा कतै जाँदै रहेछन् । अचानक फुटपाथको भीडबाट एक व्यक्ति फुत्त उफ्रेर आएर महारानीलाई थप्पड हानेर भागेछ । जंगबहादुर फुत्त तरबार कैँचेर त्यसको पछि लाग्न खोज्दा महारानीले ‘यहाँ त्यसरी मान्छे मार्न हुँदैन, प्रहरी छ, पक्राउ गरिहाल्छ’ भनेर रोकिछन् ।

    त्यसपछि कोही बेलायती ठूलो मान्छेसँग भेट भयो कि जंगले महारानीलाई थप्पड हान्नेलाई के कारबाही भयो भनेर सोध्थे रे । पछि त्यस व्यक्तिलाई दुई महिना कैद सजाय भयो भनेको सुन्दा जंगबहादुर छक्क परेछन् । त्यही घटनाबाट जंगबहादुरमा ऐन बनाउनु पर्छ भन्ने सोच आयो भन्नेहरू पनि छन् ।

  • जंगबहादुर बेलायत जाने बेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको बिरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौं सम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए । 

  • बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।

    सन्दर्भ सामाग्री
    विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर