पढ्न लाग्ने समय : 1 मिनेट
नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंग बहादुर कुँवर, जंग बहादुर राणा) को निधन भएको १ सय ४४ वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ । उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण ।
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । यस्तैमा वि.सं. १८९९ सालमा युवराजको आदेशमा जंगबहादुर कुँवरले ब्रम्हटोलस्थित बाह्रवर्षे नामको खाल्डो/इनारमा हाम फाल्नुपर्यो । त्यस खाल्डो/इनारमा बाह्र वर्षसम्म काठमाण्डैबासीले राँगो, भैँसी आदिको हाड फाल्ने गरेका थिए । त्यस खाल्डो/इनारमा युवराजले अफुलाई भोली फाल हाल्न लगाउँछन् भन्ने कुराको जानकारी भएकोले जंगबहादुरले आफ्ना बाबु काजी बालनरसिंहलाई सो अवगत गराए । बालनरसिंहले ढाकरका ढाकर रूवा खरिद गरि त्यस खाल्डो/इनारमा खसाल्न लगाए । युवराजको आज्ञा अनुसार भोलिपल्ट त्यस बाह्रवर्षे खाल्डो/इनारमा फाल् हाल्दा खाल्डो/इनार भित्रको हड्डीले जंगबहादुरको दाँया खुट्टाको कुर्कुच्चामा घोची घाउ भयो जुन कहिल्यै राम्रोसँग निको भएन, जसका कारण जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो ।
यो पनि पढ्नुहोस् कता होलान् जंगबहादुरले धरहराबाट फाल हाल्न बनाएको 'प्यारासुट' ?
सन्दर्भ सामाग्री
श्री ३ को तथ्य वृतान्त
पुरूषोत्तम शमशेर
भाजुमान चित्रकार
ब्रिटिस लाइब्रेरी