पढ्न लाग्ने समय : 2 मिनेट
बडादशैँको सातौँ दिन आज फूलपाती, देशभर परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइदैँछ ।
दुर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा फूलपातीको शुभसाइतको प्रतीकका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नया पालुवा समेत राखि विधिपूर्वक फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।
फूलपातीका रुपमा साँझपख ति बस्तु घटस्थापनाको दिन स्थापना गरिएको दुर्गा भवानीको प्रतिमा राखिएको दशैँघरमा राखिन्छ । आजैका दिन दशैँघरमा पुजारीसहित फूलपाती ल्याउने र भित्र्याउने प्रचलन छ । आजैका दिन हर्ष बढाईका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशा गुर्जा टोली, र सांस्कृतीक नाचगान सहीतको टोली काठमाडौको हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।
शहरमा मात्रै होइन, गाउँमा समेत पिङको रौनक देखिँदैन अचेल
शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरुमा भक्तजनको बिहानैदेखि घुँइचो लाग्नेगर्दछ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भन्ने जनविश्वास छ । घटस्थापनाका दिनदेखि दशैं सुरु हुने भए पनि विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुने गर्दछ ।
मुल तस्वीरमा, वि.सं. २००५ सालको तस्बिरमा फुलपाती बढाइका क्रममा सलामी ग्रहण गर्दै श्री ३ मोहन शमशेर, श्री ५ त्रिभुवन, युवराज महेन्द्र, राजकुमारहरू बसुन्धरा र हिमालय
सन्दर्भ सामाग्री
मदनपुरस्कार पुस्तकालय