पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
शहरमा मात्रै होइन, गाउँमा समेत पिङको रौनक देखिँदैन अचेल

पढ्न लाग्ने समय : 6 मिनेट

नेपाली समाजमा पिङ र दशैं, तिहार परिपुरकका रूपमा रहँदै आएका छन् । नेपाली बृहत् शब्दकोशमा पिङलाई 'रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन' भनेर लेखिएको छ।


घरैपिच्छे बाबियो मागिन्थ्यो, बाबियो दिन नसक्नेले श्रम वा नगद नै दिन्थे, राति फराकिला आँगन वा चाैरमा समुहमा नै बाबियोको लठारो (पिङ) कसिन्थ्यो । प्रविधिमा युवापुस्ता रमाउन थालेपछि पिङ खेल्ने र चंगा उडाउने क्रम घटेको छ । 


स–साना उमेरका केटाकेटीहरु दिनभर जसो पिङमै झुम्मिने गर्दछन् । पिङ खेल्ने भनेपछि त केटाकेटीहरु हुरुक्कै हुन्छन् । गाउँघरमा हालिने लिङेपिङ र रोटेपिङमा मच्चिन पाउँदाको आनन्द नै बेग्लै हुन्छ । बुढाबुढीहरु पनि वर्षमा एकपटक त धर्ती छोड्नुपर्छ भन्दै पिङ खेल्छन् । सबै उमेर समूहका लागि पिङ मनोरञ्जनको एउटा महत्वपूर्ण साधन हो ।



दशैँ तिहारमा पिङ खेल्नु अनिवार्य जस्तै मानिने भए पनि पछिल्लो समय यसप्रतिको आकर्षण घट्दै गएको छ । शहरमा मात्रै होइन, गाउँमा समेत पिङ हाल्ने र खेल्ने चलन कम भएको छ । चोक चोकमा हालिने लिङ्गे पिङ र रोटे पिङ हराउँदै जान थालेका छन् । परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने लिङ्गे पिङ र रोटे पिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा पनि लोप हुने अवस्थामा पुगेको हो ।



घरैपिच्छे बाबियो मागिन्थ्यो, बाबियो दिन नसक्नेले श्रम वा नगद नै दिन्थे, राति फराकिला आँगन वा चाैरमा समुहमा नै बाबियोको लठारो (पिङ) कसिन्थ्यो । प्रविधिमा युवापुस्ता रमाउन थालेपछि पिङ खेल्ने र चंगा उडाउने क्रम घटेको छ । शहरमा मात्रै होइन, गाउँमा समेत पिङको रौनक देखिँदैन अचेल । टोलै पिच्छे पैसा उठाएर बाँस, सालको लिङगो गाडेर, डोरी बाटेर दशैंदेखि तिहारसम्म सार्वजनिक स्थानमा पिङ बनाउने टोल–टोलमा लहर नै चल्ने गर्थ्यो । लिङ्गे पिङ र रोटे पिङहरु थुप्रै हालिन्थ्यो, जता गए पनि पिङ खेल्न पाइने ।

पछिल्लो समय बढ्दो आधुनिकताको प्रभावका कारण मेला महोत्सवहरुमा समेत विद्युतबाट चल्ने पिङ खेलिने हुँदा युवा पुस्तामा परम्परागत पिङ खेल्ने त्यति चाहना देखिँदैन । अर्कोतर्फ घण्टौँसम्म सामाजिक सञ्जालहरुमा व्यस्त हुने अहिलेका युवापुस्ताहरुले पिङ खेल्ने फुर्सद पनि पाउँदैनन् ।

दशैँका समयमा पिङ खेल्नु, चंगा उडाउनु, ज्येष्ठ नागरिककको गफ सुन्नुलाइ कुनै समय अनिवार्य जस्तै मानिन्थ्यो । तर प्रविधिमा युवापुस्ता रमाउन थालेपछि पिङ खेल्ने र चंगा उडाउने क्रम घटेको छ । शहरमा मात्रै होइन, गाउँमा समेत पिङको रौनक देखिँदैन अचेल ।



दशैँ शुरु हुन थालेपछि गाउँका सबै युवा र वृद्ध जुटेर पिङ हाल्ने संस्कृति हराएको मात्रै छैन् शहरमा त हालिएका पिङमा खेल्न आउने पनि छैनन् ।

रोटे पिङ, चर्खे पिङ, लिङ्गे पिङ, जाँते पिङ खेल्ने परम्परा हराउँदै जाँदा नेपालीपनको मौलिक संस्कृति पनि लोप हुँदै गएको छ । कला, संस्कृति संरक्षण र संम्वद्र्धनका लागि राज्यले नागरिकलाई झक्झकाउनु पर्ने देखिन्छ ।



युवा पुस्तामा बाबियो बाटेर लठारो (डोरी) बुन्ने सीप नहुनु, बाबियो काट्न युवाहरुले झन्झट मान्नु र गाँउघरका युवा जति वैदेशिक रोजगारीमा गएका करण लिङ्गे पिङ खेल्ने चलन विस्तारै हराउन थालेको छ । अझ पछिल्लो पुस्तामा बढेको सामाजिक सञ्जाल र इन्टरनेज प्रयोगको बानीले दशैंमा खेलिने पिङतर्फ ध्यान नगएको प्रष्टै छ ।

लट्ठे वा लिङ्गे पिङ

बलियो र दह्रो चार वटा बाँस काटेर ल्याई खाँबा बनाएर त्यसलाई गाडेपछि लिङ्गे पिङ बन्छ । गाउँघरमा बाँस किनेर वा मागेर लिङ्गा बनाइ पिङ हाल्ने चलन छ ।

पिङ खेल्नका लागि वनजंगल र भिरपाखामा पुगेर बाबियो काट्नुपर्ने हुन्छ । काटेर ल्याएको बाबियो छिटेर घाममा सुकाइ पानीमा भिजाएर डोरी (लठाे) बाटेपछि बाँस गाडेर तेर्सो पारेर बनाएको गरालोमा बाँधेर लिङ्गे पिङ बनाइन्छ । अचेल बाबियोको झन्झट नगर्ने चलन बढ्दै जाँदा दोकानबाट तयारी पिङ खरिद गरि लिङ्गोमा बाँध्ने क्रम बढेको पाइन्छ । 


रोटे पिङ 

दुईवटा बलिया खाँबामा हालिएको बलामा मानिस बस्ने बारसहितको फलैँचा हुन्छ । त्यही फलैँचामा बस्नेहरुलाई तलबाट अरुले फनफनी घुमाइदिएर मच्चिने तथा खेलिने पिङ नै रोटे पिङ हो । यसलाई अर्को नाम चमच्चाको नामले पनि चिनिन्छ भने चर्खे पिङ र रोहोटे पिङ समेत भन्ने गरिन्छ ।

रोटे पिङका लागि प्रशस्तै काठको आवश्यकता पर्दछ । रोटे पिङ हाल्न ठूल्ठूला र बलिया दुईवटा खाँबा चाहिन्छ । त्यस्तै काठको झ्याल, बस्नलाई पाटी, आग्लो, साइडमा डण्डी लगायत काठको सहायतामा रोटेपिङ बन्छ । रोटे पिङमा एक पटकमा चार जनासम्म खेल्न मिल्छ । यो बनाउन धेरै समय लाग्ने र झण्झटिलो हुने भए पनि लिङे पिङभन्दा यो पिङ खेल्दा बढी रमाइलो र आनन्दको अनुभूति गर्न पाइन्छ ।




 

पिर्के पिङ

पिर्के पिङलाई अर्को भाषामा रंगते पिङ पनि भनिन्छ । एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । पिर्के पिङ विशेषगरि दशै, तिहारमा बनाइने गरिन्छ।



तपाँइलाई अन्य पिङहरूको नाम थाहा छ भने कृपया कमेन्ट गरिदिनुहोला ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर