पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
मणिविक्रम शाह नेपालका 'म्याराडोना'

पढ्न लाग्ने समय : 5 मिनेट

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटबलमा ‘बादशाह' उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणिविक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना' को उपाधि पाइरहेका थिए।



त्यो उपमा पाउनु स्वभाविकै थियो। उनले रंगशालामा म्याराडोनाकै शैलीमा आफुलाई प्रस्तुत गर्थे। सटिक पास निकाल्ने र बललाई गोलपोष्ट चुमाउने उनको विशेष खालको शैली थियो। डेड बल र उनको खुट्टाको गज्जब सम्बन्ध छ। डेड बल उनी कमै मिस गर्थे। अहिले पनि नेपाली फुटबलमा वान स्टेप बल हान्न सक्ने खेलाडी धेरै कम छन्। शाह भने त्यसमा पनि पारङ्गत थिए।

यो पनि पढ्नुहोस् फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन


विपक्षीहरु पेनाल्टी बक्स वरिपरि शाहको खुट्टामा बल भए सधै खतरा महशुस गर्थे। अझ त्यो पनि बायाँ खुट्टामा भए झनै खतरा।



बाँया खुट्टे शाह विदेशी क्लबहरुसँग खेल्दा पनि नेपाली मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडी हुन्। विदेशी र घरेलु मैदानमा खेल्दा फरक महशुस गर्ने खेलाडीहरुको बीचमा उनको अलग पहिचान थियो । उनी दुवै ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्न सक्थे ‘नो नर्भस'। ‘हाइ डोमिनेटिङ पावर' भएका शाह मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना लिएर खेल्ने खेलाडी थिए । उनी आफ्नो टोलीका सँधै राम्रो खेलाडी त हुँदै हुन् अरुलाई पनि त्यस्तै बनाउने प्रयास गर्थे।
१९९८ मा एसियन खेलकुद उनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। राष्ट्रिय टोलीका कप्तान समेत रहेका उनले मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। घरेलु फुटबलमा मुख्य त उनी मनाङ मर्स्याङ्दीका खेलाडी थिए । यसबाहेक आरसिटी, थ्री स्टार, आरएनएसीबाट पनि उनले थुप्रै पटक खेले। तर, उनको मुख्य क्लब मनाङ नै थियो। शाहले तत्कालिन समयमा फुटवलको सर्वाधिक राशीको रुपक स्मृति पुरस्कार पनि प्राप्त गरे वि.सं. २०५५ मा।


 

 

 

 

 

 

 

 


शाहको नाम सँग १९९३ को छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनल छुट्दैन। नेपाल र भारतबीच भएको त्यो जीवन मरणको खेलमा नेपाल भारतसँग २–१ ले पछि परिरहेको अन्तिम समयमा जादुयम गोल गर्न सफल भए शाह । खेलको अन्तिम समयतिर फ्रि–किकमा गरेको दुर्लभ गोलले खेल २–२ को बराबरीमा आयो। त्यहि गोलको कारण खेल टाई–ब्रेकरमा पुग्यो र ४–३ को विजय हासिल गर्दै नेपालले दोस्रो पटक स्वर्ण पदक जित्यो। नेपालले अहिलेसम्म फुटबलमा जितेको त्यो पहिलो स्वर्ण पदक थियो जसमा शाहको अतुलनीय योगदान रह्यो ।  
शाहलाई ‘गड गिफ्टेड' खेलाडी भन्दा फरक पर्दैन। उनको पारिवारिक माहोल नै खेलकुदमय थियो। उनका पिता लक्ष्मणविक्रम शाह मनाङका खेलाडी एथलेटिक्स प्रशिक्षक थिए। यहि माहोलले उनलाई खेल जीवनमा प्रवेश गर्न कठिन भएन।
स्टार हुँदा हुँदै पनि कुनै शाह प्रतिबन्धित भए। यो २०३८ तिरको कुरा थियो। थ्री स्टार र ठमेल ११ को झगडा हुँदा प्रतिबन्धित ठमेलका पाँच खेलाडीमध्ये उनी पनि एक थिए। त्यही वर्ष १९८३ मा पहिलो पटक नेपालले उमेर समूहको फुटबल खेल्यो यु–१३ प्रिन्सेस कप थाइल्यान्डमा। त्यहि गेमनै उनको प्रतिबन्ध फुकुवा गर्ने उपयुक्त अवसर बन्यो। त्यहि गेमको लागि शाहको निलम्बन फुकुवा गरेर थाइल्याणको लागि छनोट गरियो। त्यहीबेला विराट शाह, मृगेन्द्र, कुमार कटुवाल लगायतका खेलाडी पनि थिए। १९८४ मा यु–१३ को कप्तान भएर उनि थाइल्याण्ड गए शाह। १९८४ मा चीनमा भएको यु–१६ एसियन कपमा पनि शाह पुगे। विदेशी रंगशालामा नेपाली फुटबललाई पुर्याउन शाहको अमुल्य योगदान रहेको छ।



ठमेल प्रतिबन्धमा परेपछि मनाङ मर्स्याङ्दीको जन्म भयो। मनाङले २०३९ मा डी लिग खेल्यो। ०४० मा सी, ०४१ मा बी र ०४२ मा ए यी सबैमा मनाङ सबै च्याम्पियन भयो। शाह त्यसको एउटा मुख्य हिस्सा थिए। त्यो समयमा एन्फाले एन्फा कप आमन्त्रण फुटबल गर्थ्यो। यसमा नेपाल रातो र नेपाल निलो भन्ने टिम हुन्थे। १९८४ मै राम्रो खेलाडी भएकाले उनी नेपाल निलोमा परे।

५१ वर्षको उमेरमा नेपाली म्याराडोनाको २०७५ बैशाख ३१ गते निधन भयो ।

सन्दर्भ सामाग्री
नगरिकन्यूज
प्रशान्त लामिछाने
मणिविक्रम शाहको फेसबुक

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर