पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
मंगलादेवी सिंह जसको कारण २०१५ सालको चुनावमा महिलाले पनि भोट हाल्ने अवसर पाए

पढ्न लाग्ने समय : 2 मिनेट

नेपालमा महिलालाई पनि चुनावमा भोट हाल्न पाउने अधिकार दिलाउने श्रेय मङ्गलादेवी सिंहलाई जान्छ । उनले २००४ सालमा नेपाल महिला सङ्घ नामक भूमिगत संस्थाको स्थापना गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले नगरपालिकाका चुनाव गराउन खोज्दै थिए । महिलालाई भोट खसाल्ने अधिकार थिएन ।

उनको बारेमा एउटा प्रसङ्ग ।

मङ्गलादेवी आफ्ना केही साथीहरूसँग पद्मशमशेरको दरबार पुगिन् । केही छिनको प्रतिक्षा पछि पद्मशमशेरलाई भेट्न बोलाहट आयो । पद्मशमशेरले सोधे– ‘के भन्न आयौ तिमीहरु ?’ उनले भनिन्, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरुलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार !'

‘महिलाहरुले भोट दिने अधिकार कहाँ छ ?’ पद्मशमशेरले प्रश्न गरे ।

उनले भनिन्, ‘सबैतिर नहोला । जहाँजहाँ अधिकार दिइएको छ, ती समाजहरुमा महिलाहरुको स्थिति राम्रो छ । जनता खुशी छन् ।’

‘अरु केही छ ?’ पद्मशमशेरले सोधे ।

‘महिलाहरुलाई पनि स्कूलमा पढ्न जाने व्यवस्था हुनु पर्दछ सरकार !’ उनले भनिन् ।

‘स्कूल खोले पनि कस्ले पढ्छ ?’ पद्मशमशेरले सोधे ।

‘स्कूलमात्र खोलियोस् पढ्ने महिलाहरुको खाँचो हुँदैन । आफ्नो नामबाट खोलियोस् सरकार । सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने,’ मङ्गलादेवीले भनिन् ।

‘ल अहिले जाओ । भोट दिने अधिकार पाउँछौ । स्कूलको कुरो पनि राम्रो छ । म विचार गर्छु ।’ यति भनेर पद्मशमशेरले मङ्गलादेवी र उनका साथीहरूलाई पठाए ।

पद्मशमशेरले त्यो भेटघाटको केही दिनपछि नै डिल्लीबजारस्थित आफ्नै जग्गा र भवनमा पद्मकन्या स्कूलको स्थापना गराए । नगरपालिकाको चुनाव त भएन । तर, २०१५ सालको चुनावमा महिलाले पनि भोट हाल्ने अवसर पाए । 

(मंगलादेवी सिंहको आत्मसंस्मरणात्मक कृति ‘नारी संघर्षका पाइलाहरु’बाट साभार ।)

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर