थानकोटमा राज्यले काठमाण्डाै आउने यात्रीका लागि निःशुल्क मालपुवा बाँड्दथ्यो

पढ्न लाग्ने समय : 3 मिनेट

वि.सं. २००४ सालमा केही समय नेपाल बसेका भारतीय भिक्षु ग्यागर लामा (डा. भिक्षु धर्मरक्षित)ले नेपाल बस्दाको अनुभव पुस्तक मार्फत साटेका छन् । त्यो समयको नेपाल पुस्तकमा उनले नेपालमा रहँदा देखेको, भोगेको र अनुभुत गरेको कुरा वर्णन गरेका छन् ।

भारतको वैशालीबाट नेपाल (काठमाण्डाै) यात्रा सुरू गरेको लामाको टोली चाैथो दिन चन्द्रागिरि भञ्जाङ कटेर थानकोट आइपुग्दछ । 

.... ११ बजे हामी हामी चन्द्रागिरिबाट ओरालो लागेर थानकोट पुग्याैं । यहाँ मैले नेपाली शैलीमा बनेको सुन्दर चैत्य देखें । चैत्यको तखतामा भगवान् को मूर्ति पनि राखिएको थियो । 

थानकोटको एक दोकानमा हामीले दूध र चिउरा खायाैं जहाँबाट नेपाल अझै पाँच माइल टाढा छ । यात्री ओसार्न भनेर काठमाण्डाैबाट यहाँसम्म लरी दाैडिन्छन् । थानकोटमा राज्यले काठमाण्डाै आउने यात्रीका लागि निःशुल्क मालपुवा बाँड्दोरहेछ तर हामीले पेटपूजा गरिसकेकाले उनीहरूको आग्रह अस्वीकार गर्दै अघि बढ्याै । थानकोटमा अधिकांश मानिस पलेटी मारेर चिलिम तानिरहेका देखिन्थे ।

थानकोटबाट अलिक पर्तिर हिँडेपछि सडकको बायाँतर्फ बलम्बु गाउँ देखियो । यस गाउँमा भदन्त कर्मशीलजी बस्ने 'प्रसिध्दिपूर्ण महाविहार छ' । पुरानो भएपनि यो विहार तीनतले छ । विहारमा पुगेपछि हामीले भरियाको फाराममा हस्ताक्षर गरेर उनीहरूलाई बिदा दियाैं । उनीहरूले चिसापानीमा रहेको भरिया नायक अड्डामा हामीले हस्ताक्षर गरेको फाराम बुझाएपछि मात्रै ज्याला पाउँदथे । भरियाले सामान चोरी नगरून्, सामान गायब नपारून् भनेर यस्तो नियम बनाइएको रहेछ । 

बलम्बु सानो भएपनि नेपाल उपत्यकाको पुरानो गाउँ हो । यो गाउँको चारै कुनामा अझैपनि ठूला प्रवेशद्वारको भग्नावशेष देख्न सकिन्छ । यहाँ प्राचीन चैत्य र मूर्ति अझै पनि पर्याप्त मात्रा देखिन्छन् । 

गाउँको चारैतिर खेत छन् । ती खेतमा गहुँ र जाै को लहललाउँदो बाली सुन्दर देखिन्छ । लामो समय हिँडेका हामी एकैछिनमा निदाएछाैं । अर्को बिहान सामान त्यहीं छाडेर हामी आनन्दकुटीको बाटो लाग्याैं । धम्मलोकले भरिया पठाएर सामान ल्याउने वाचा गरे ।

बलम्बु गाउँका प्रत्येक घरमा तोरीका सुकेका पात झुण्ड्याइएका थिए । ती पात देख्दा मलाई लागेको थियो, यहाँका घरमा केही पूजा चलिहरेको छ । तर, पछि पो थाहा पाएँ यी पात उमालेर खानका लागि सुकाइएका हुन् । यसरी तोरीका पात सुकाइएका मैले नेपालमा अधिकांश घरमा देखें । 

बलम्बुबाट हामी नैकाप, कालीमाटी हुँदै स्वयम्भू डाँडामा रहेको आन्दकुटीतर्फ लाग्याै । कालीमाटीको माटो निकै उब्जाउ माटो मानिँदो रहेछ । यहाँ आलु, मकै, जाै निकै फल्ने रहेछ । हामी वैशालीबाट नेपाल हिँडेको छैटाैं दिन स्वयम्भूस्थित आन्दकुटी पुग्याै । ......

यो पनि "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर