पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
ग्यालरी बैठक भवन पुनर्निर्माण गर्ने सरकारको निर्णय

पढ्न लाग्ने समय : 5 मिनेट

शहरी विकास मन्त्रालयले सिंहदरबारस्थित ग्यालरी बैठक भवनको पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो भवन शहरी विकास मन्त्रालयले पुनर्निर्माण गर्ने भएको हो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालरी बैठक भवन पनि बनाएका थिए । २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण हुने भएको हो ।

शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सिंहदरबारको ग्यालरी बैठक भवनको क्षतिको अवस्थाको जाँच भइसकेको र पुनर्निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

ग्यालरी बैठकको कुरा

पञ्चायती व्यवस्थाा जन्मिएदेखि नै यो भवनमा राष्ट्रिय पञ्चायतको बैठक हुने गर्दथ्यो । वि.संं २०१५ को चुनावपछि महासभाको बैठक पनि यहि भवनमा भएको थियो ।

यो भवनको कथा भने धेरै पुरानो छ ।

चन्द्रशम्शेरले सिंहदरबारको भवन तयार भए पछि नेपाल सरकारलाई २ करोडमा दरबार भित्रको सम्पूर्ण संरचना तथा जमिन पनि बेचे । तर प्रधानमन्त्रीको हैसियतले मृत्युपर्यन्त सिंहदरवारमा नै बसे ।

चन्द्रशम्शेरले सिंहदरवार बनाउँदा मूल भवनको पछाडी नै निजि थियटर भवन पनि बनाएका थिए । जसलाई उनले ग्यालरी बैठक नाम दिएका थिए । यहि ग्यालरी बैठकमा उनले नाचगान, भोजभतेर तथा बिदेशी पाहुनाको स्वागत सत्कार गर्ने गर्दथे । २००४ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले भारदारी सभा गठन गरे पछि यसको बैठक यहि भवनमा नै गराए । २००४ सालको माघ १३ गते पहिलो भारदारी सभाको बैठकबाट नै "नेपाल सरकार वैधानिक कानुन २००४" घोषणा भएको थियो । २००७ पुस २४ मा राणा प्रधानमन्त्री मोहन शम्शेरले भारदारी सभा बोलाई राजा त्रिभुवनलाई राजा मान्न तैयार रहेको प्रस्ताव यहि भवनमा पारित गराएका थिए । देशमा प्रजातन्त्र आएपछि २००७ चैत्र २९ गते पहिलो भारदारी सभाको बैठक पनि यहि भएको थियो ।

सोही ग्यालरी बैठक नै देशको प्रथम निर्वाचित प्रनिनिधीको लागी महासभा भवन बन्यो । २०१६ असार १६ गते मंगलवारको दिन पहिलो महासभाको बैठक यहि ग्यालरी बैठकमा भएको थियो । २०१७ पौष १ गते अचानक राजा महेन्द्रले पञ्चायती ब्यबस्थाको शुरुवात गरेपछि राष्ट्रिय पञ्चायतको पहिलो अधिवेशन २०२० बैशाख १ गते आइतवारको दिन यहि ग्यालरी बैठकमा बोलाइएको थियो । दोश्रो बैठक असार २० गते बिहिबार र तेश्रो बैठक माघ १५ गते बुधवार गरि एकै वर्षमा तीनवटा अधिवेशन बोलाइएको थियो । पञ्चायतकालका सम्पूर्ण अधिवेशन यहि ग्यालरी बैठकमा नै भए ।

पञ्चायतको समाप्ती पछि २०४८ सालको प्रथम चुनाव पछिको २०४८ साल असार ६ गते बिहिवार यहि ग्यालरी बैठकमा नै संसदको पहिलो बैठक बोलाइएको थियो । २०५९ जेठ ८ गते राजा ज्ञानेन्द्रबाट प्रतिनिधी सभा विघटन भएको घोषणा गरे । यस अगाडीका सबै संसदको बैठक ग्यालरी बैठकमा नै भए । राजनैतिक अन्योलता पछि ६२-६३ आन्दोलन पछि देशले एकपटक फेरी कोल्टे फेर्यो । २०६३ बैशाख ११ गते राजाबाट बिघटित प्रतिनिधि सभालाई पुनःर्स्थापना गरेको घोषणा भयो । यसपछि पुनःर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक २०६३ बैशाख १५ गते यहि भवनमा नै भयो । यसरी २०६४ सम्म संविधान सभाको चुनाव पूर्वका सबै बैठक यसै भवनमा नै भए ।

वि.संं २०६४ पछि देशले पहिलो पटक संविधान सभा पायो । तर यो संविधान सभा देशले सोचे भन्दा ठूलो थियो । जनसंख्याको अनुपात भन्दा धेरै नै ठूलो थियो । ६०१ संविधान सभाको सदस्यहरु ग्यालरी बैठकमा अटाउने सम्भावना नै थिएन । जसले गर्दा काठमाडौ महानगरपालिका अन्तर्गत रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरलाई नै अस्थाइ रुपमा संविधान सभा भवनको रुपमा भाडामा उपयोग गर्न थाल्यो ।

यसरी संविधान सभाको गठन पूर्वका १०० भन्दा बढी अधिबेशन यहिँबाट भएको थियो । २०७२ को महाभूकम्पले आंशिक क्षति भएको यो भवन प्रयोगविहीन रुपमा रहेको थियो । पुरातत्वले मर्मत गरि जीर्णोद्धार गर्ने भनिए पनि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितीले भत्काउने निर्णय गरेको थियो । एउटा सिङ्गो ईतिहास बोकेको भवनलाई गलत सोचले भत्काई ईतिहास मेट्ने तयारी गरेको भनि यसको विरोध भएको थियो ।

हाल सिंहदरबार भित्रकै पुतली बगैँचा क्षेत्र सेनाबाट प्राप्त भएपछि आफ्नै नयाँ संसद भवन पुतली बगैँचामा बनिरहेको छ, गृह मन्त्रालय नजिकै अनामनगर तर्फको क्षेत्रमा रहेको हुँदा नयाँ बन्ने संसद भवनको लागी अनामनगर तर्फबाट छुट्टै प्रवेशद्वार बनाइनेछ ।

सन्दर्भ सामाग्री 

फ्रान्सिस सी टकर
सुनिल उलक

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर