आगरेका ताजमहल देखो... । पैसा फेको, तमासा देखो...। घर बैठके सारा संसार देखो...।

पढ्न लाग्ने समय : 1 मिनेट

देखो देखो बाइस्कोप देखो..., दिल्लीका कुतुव मिनार देखो ....।

आगरेका ताजमहल देखो... । पैसा फेको,तमासा देखो...। घर बैठके सारा संसार देखो...।

शायद हामी मध्य धेरैले बाइस्कोपमा आँखा लगाएर छिनमै आगराको ताजमहल छिन मै दिल्लीको कुतुव मिनार छिनमै बम्बइको रमझम हेर्याै हाेला । तस्बिरमा कुशे औशीका अवसरमा गोकर्णमा लागेको मेलामा बाइस्कोप देखाउन ल्याइएको छ । आँखा मिलाएर हेर्ने सबै ठाँउ ढक्कन लगाइएको हुँदा बाइस्कोप शुरु नभएको थाहा हुन्छ । सायद यी दुइ बालक बाइस्कोप शुरु हुने प्रतिक्षामा छन् । 



बाइस्कोपको आविष्कार भारतमा नै भएको हो । शहरी क्षेत्रमा फिल्मको व्यापक प्रचारप्रसार हुने हुँदा ग्रामिण क्षेत्र जहाँ सिनेमा हल हुँदैनथे । त्यहाँको ग्रामिणहरुलाई पनि फिल्मको सानो अनुभुति दिन यो बाइस्कोपको शुरुवात भएको थियो । कलकत्ताका हीरालाल सेन नाम गरेका व्यक्तिलाई यसको आविष्कारक मानिएको छ । सन् १८९६ मा उनले एउटा बाकसमा सिनेमाहलमा चुँडिएर फ्याँकिएका रिलका टुक्राहरु बटुलेर बच्चाहरुलाई बाइस्कोप देखाएका थिए । हिन्दी फिल्म दुश्मनमा देखो देखो बाइस्कोप देखो गीतले अझ यसको प्रचार बढ्यो तर बाइस्कोप भने लामो समय चल्न सकेन । गाँउ गाँउमा सिनेमा हल पुगेपछि यो पनि विस्तारै हरायो । बाइस्कोपले सय वर्षको उमेर पनि पुरा गर्न नपाउदै असीको दशक नपुग्दै भारतमा नै हरायो ।


हिरालाल सेन र उनले बनाएको बाइस्कोप । 

- सुनिल उलक

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर