पढ्न लाग्ने समय : 1 मिनेट
वि.सं.२००१ साल पौष २३ (तदनुसार सन् १९४५ जनवरी ६) शनिबार बिहानैदेखि पर्न थालेको हिउँका कारण त्यतिबेला सिंगो काठमाण्डौंले नै सेतो च्यादर ओढेको झैँ सेताम्मे देखिन्थ्यो। बाक्लो हिउँका कारण धोर्सिङ-मातातीर्थ रोपवे समेत बन्द भएको थियो। त्यस्तै सडकभर बाक्लो हिउँ जमेकाले बाटो समेत अवरुद्ध थियो। उक्त हिउँ करिब एक सातासम्म रहेको थियो ।
काठमाण्डौं नजिक रहेको भीमफेदीको अवस्था समेत उस्तै थियो। अत्यधिक चिसोका कारण भीमफेदीमा ३ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए।
निर्माणको चरणमा रहेको त्रिभुवन राजपथ अन्तर्गत सिम भञ्ज्याङमा वि.संं २०१४ सालमा परेको हिँउ ।
प्रतिनिधि तस्बिर ।
मुल तस्बिरः काठमाण्डाैमा हिउँ परेको क्षण, वि.सं २००१ साल ।
सन्दर्भ सामाग्री
सन्तोष खडेरी
ए.पी. १६ जनवरी १९४५
सामाजिक सञ्जाल
स्टीभ आर. ड्वेल