पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
मनकामना केबलकारको स्थापनाको २३ वर्ष पूरा, एक करोड ६० लाख यात्रुले लिए सेवा

पढ्न लाग्ने समय : 5 मिनेट

नेपालकै पहिलो केबलकार सेवा सुरू भएको २३ वर्ष पूरा भएको छ । चितवन कोई समुह अन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित मनकामना केबलकार स्थापना भएको बुधबार २३ वर्ष पूरा भएको हो । 

मनकामना केबलकार वि.सं. २०५४ पुस महिनाबाट निर्माण आरम्भ भएको थियो । निर्माण आरम्भ भएको १० महिना अर्थात वि.सं. २०५५ कार्तिक महिनामा यसको निर्माण सम्पन्न भइ सोही मंसिर ८ (सन् १९९८ नोभेम्बर २४) का दिन नेपालकै पहिलो व्यवसायिक केबलकार सेवाको आरम्भ भएको थियो । २३ वर्षअघि श्रद्धेय लक्ष्मणबाबु श्रेष्ठले मनकामना दर्शन प्रा.लि. मार्फत मनकामना केबलकारको सेवा शुभारम्भ गर्नुभएको हो । 

प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारस्थित चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लामा अवस्थित प्रसिद्ध मनकामना मन्दिर पुग्ने गर्दछन् । स्थापनाको २३ वर्ष पूरा भएको सन्दर्भमा कम्पनीले दिएको जानकारी अनुसार यो अवधिमा करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनहरुले सेवा लिएका छन् । 

३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रियाको सुप्रसिद्ध केबलकार निर्माता कम्पनी 'डोपलमायर' को प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो ।

कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ समुन्द्र सतहबाट २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । ३१ यात्रु बोक्ने ३ कार्गो बोक्ने गण्डोला रहेको मनकामना केबलकारले ६ व्यक्ति प्रति डब्बा यात्रुका दरले प्रति घण्टा ६६० यात्रु ओसारपसार गर्न सक्दछ ।


३० करोड लागतमा नयाँ प्रविधिमा स्तरोन्नति हुँदै

केबलकार संचालन भएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ । सो क्षेत्रमा उल्लेखनीय पर्यटन पूर्वाधार तथा सामाजिक क्षेत्रमा पनि विकास भएको कम्पनीले गरेको छ ।  केबलकारकै कारण मनकामना क्षेत्र विश्व सामु परिचित छ ।

संचालनको २४ औं वर्षमा आइपुग्दा प्रयोगमा आएका प्रविधि पुरानो हुँदै गएपनि कम्पनीले नवीनतम प्रविधिको विकासलाई पछ्याउँदै त्यसलाई अपडेट गर्दै लगिने बताएको छ ।

कम्पनीद्धारा प्रेषित विज्ञप्तिका अनुसार मर्मत सम्भार खर्चसमेत अत्यधिक भइरहेको र स्पेयर पार्टस पाउनसमेत केही वर्षभित्र कठिनाई आउन सक्ने अवस्थालाई मध्य नजर गर्दै  यहि आर्थिक वर्ष  (२०७८/०७९)  बाट केबलकारको प्रविधिको स्तरोन्नतिसमेत गरिने छ । 

हाल रहेको एनालग प्रणालीलाई  डिजिटल प्रविधिमा स्तरोन्नति गरिने छ जुन तीन महिना तीन चरणमा सम्पन्न हुनेछ । 

स्तरोन्नति कार्य कम समयमा सकिने गरी यात्रुलाई नियमित सेवा प्रवाह गर्दै  २०७९/८० र २०८०/ ८१ को भदौ महिनासम्म स्तरोन्नति कार्य सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख छ । 

स्तरोन्नतिमा डि/सि ड्राइभ प्रणालीलाई ए/सी ड्राइभमा तथा कन्ट्रोल प्रणालीलाई एनालगबाट डिजिटल प्रणालीमा परिणत गरिनेछ । यस्तै गरी केबलकारको लठ्ठा ग्रिप जस्ता महत्वपूर्ण पक्षमा स्तरन्नोति हुनेछ  । तर भवन, टावरहरु बुलह्वीलहरु साबिककै रहनेछन् । कम्पनीले स्तरोन्नति गर्दा ३० करोड लागत लाग्ने अनुमान गरेको छ ।

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठबाट प्रेषित मनकामना केबलकारको निर्माणका तस्बिरहरूः 
















#manakamanacablecar

सन्दर्भ सामाग्री
राजेशबाबु श्रेष्ठ
https://manakamanacablecar.com/

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर