पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
नेपालमा बैंक स्थापनाको ८४ वर्ष पूरा

पढ्न लाग्ने समय : 3 मिनेट

नेपाल बैंक लिमिटेड आजबाट ८४ वर्ष पार गरेर ८५ वर्षमा प्रवेश गरेको छ । नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो ।

नेपाल बैङ्कको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैङ्किङ्ग सेवाको शुरुवात भएको थियो । यो बैङ्क स्थापना हुनुभन्दा पहिलेसम्म सम्पूर्ण मौद्रिक कारोबारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो। बैंक उद्घाटनका अवसरमा बोल्दै तत्कालिन प्रधानमन्त्री राणा प्रधानमन्त्री जुद्धशमशेरले "राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो" भनेका थिए । "आजसम्म नेपालमा कुनै बैङ्क खोल्न सकिएको थिईएन । तसर्थ, उक्त आवश्यकता पूरा गर्न नेपाल बैङ्क लिमिटेड नाममा यो बैङ्क स्थापना हुन लागेको तथा श्री ५ बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो । यस बैङ्कको उद्देश्य भनेको धनी गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्‍याउनु रहेको छ। उक्त उद्देश्य हासिल गर्न सबैबाट र्समर्थन तथा शुभकामनाको आवश्यकता पर्ने हुनाले म त्यस प्रकारको सहयोग प्राप्त हुनेमा विश्वस्त छु ।"


 

त्यस समयमा, यस औपचारिक बैङ्किङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझ्नुको साथै धेरै कम मात्र यसप्रति विश्वस्त थिए। जति हकप्रद शेयर उठाउनु सजिलो थिएन त्यति नै निक्षेप परिचालन गर्नु पनि गार्‍हो थियो । जसको परिणाम स्वरूप, बैङ्कले रु. २५,००,००० मुल्यको हकप्रद शेयर निश्कासन गरेकोमा रु. ८,४२,००० मात्र उठाउन सफल भएको थियो । नेपालमा बैङ्क नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्‍याउने उद्देश्यकासाथ यस बैङ्कको स्थापना एवं सञ्चालनको लागि यो कानुन जारी गरिएको छ । बैङ्क स्थापनाको प्रथम वर्ष कुल निक्षेप रु. १७,०२,०२५ रहेकोमा चल्ती निक्षेप करिब रु. १२,९८,८९८ मुद्दती निक्षेप रु. ३,८८,९६४ तथा बचत निक्षेप रु. १४,१६३ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा बक्यौता गरी जम्मा रु. १९,८५,००० रहेको थियो । नेपाल बैङ्क लिमिटेड स्थापना देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैङ्क हो । रू. १०० परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये, ४०% शेयरमा सरकारको लगानी थियो भने बाँकी ६०% शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैङ्क सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए ।

#नेपालबैंकलिमिटेड

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर