पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
छठ पर्वकाे रौनक सुरु

पढ्न लाग्ने समय : 2 मिनेट

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै काठमाण्डौ लगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रमा रहेकाे गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठ घाट बनाउन सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात पूजास्थल निर्माण भइरहेको छ।

यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिनुभयो । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउने लगायत काम पनि भइरहेको छ ।

छठ पर्वको तयारी स्वरूप कात्तिक २० गते शनिबारको दिन वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । यसैगरी कमलपोखरी, नागपोखरी लगायत ठाउँमा पनि छठ मनाउन छठ घाट अर्थात पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ ।

छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात कात्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याज लगायत तामसी खाद्य परिकार नखाइ शुद्ध बस्ने व्रत विधि छ । 

कात्तिक शुक्ल पञ्चमीका दिन व्रतालुले सक्खर र घिउ लगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । व्रतालुले छठको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष आउँदो बुधवार यस पर्वको मुख्य दिन परेको छ ।

भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाण्डौ लगायत पहाडी जिल्लामा समेत धुमधामका साथ मनाउन थालिएको छ ।

विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । छठका अवसरमा आउँदो बुधवार सार्वजनिक बिदा दिइएको छ ।

सन्दर्भ सामाग्री
उज्यालो अनलाइन
नयाँपत्रिका

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर