पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
यमपञ्चकको चाैथो दिन आज गोरू तथा हली तिहार

पढ्न लाग्ने समय : 1 मिनेट

यमपञ्चक/तिहार को चौथो दिन आज गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।

यस दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाेरुतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।



नेपाल देश कृषिप्रधान देश हो। गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो। गोरु भगवान् शिवको वाहन पनि हो। गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्लावा, गोठाला आदिको पनि बोध हुन्छ। गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो। द्वापरयुगमा नै इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए। यो अवस्थामा भगवान् श्रीकृष्णले गोबर्धन पर्वतको पूजा गर्ने सल्लाह दिए। गोपालहरूले त्यसै गरे, फलस्वरूप वर्षा भयो। सबै अन्न र ऐश्वर्यबाट समृद्ध भए। गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो। यसरी गोरुतिहार पर्व गोवर्धन पर्वतसँग गाँसिन पुगेको छ। यस दिन गोरुतिहारका रूपमा गोरुको पूजा गर्ने, गाईको गोबरबाट पहाड निर्माण गरी गोवर्धनको कामना गर्दै गोबर्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको छ।

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर