पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
गिरिजाप्रसादका बाबुले चन्द्रशमशेरलाई जुम्रा भएका थोत्रा लुगा पार्सल पठाएपछि

पढ्न लाग्ने समय : 3 मिनेट

कुरा वि.संं १९७० तिरको थियो । तत्कालीन प्रधानमन्त्री त्रय मातृकाप्रसाद, विश्वेश्वरप्रसाद तथा गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइराला व्यापारको सिलसिलामा तत्कालीन सप्तरी जिल्लाको चन्द्रगञ्ज पुगेका थिए । उनले नेपालका भन्सारहरूका ठेक्का हात पारेका थिए । सप्तरीमा उनको भेट बडाहाकिम मणिकलालसँग भयो र उनीसँग विद्यालय स्थापनाको योजना सुनाउँदा बडाहाकिम 'कन्भिन्स' भए । स्थानीय बुज्रुकहरूले आफूहरू गाउँमा स्थापना हुने विद्यालयका लागि जग्गा निःशुल्क दिन पनि राजी भएको बताए । 

विद्यालय स्थापना गर्ने निर्णयसँगै नामको पनि टुंगो लगाइयो । सबैको सहमतिमा 'चन्द्र मणिक कृष्ण पाठशाला' नामाकरण गरियो । सोही नाममा विद्यालय अनुमति दिन मणिकलालले तत्कालीन प्रधानमन्त्री रूी ३ चन्द्रशमशेरसमक्ष निवेदन दिए । चन्द्रशमशेरले विद्यालय सञ्चालनका लागि अनुमति त दिए तर नयाँ नाम कामय गरी पठाए । काठमाण्डाैबाट १९७१ सालमा 'चन्द्रमणिक पाठशाला' ले स्वीकृति पाएको पत्र पठाइयो । प्रस्तावित नामको बीचमा रहेको 'कृष्ण' शब्द हटाएर चन्द्रशमशेरले विद्यालय सञ्चालनको अनुमति दिएका थिए । 

कृष्णप्रसाद कोइराला राणाशासन विरोधी थिए । नेपाली जनता निकै गरिब भएको भन्दै  तिनको दयनीय आर्थिक अवस्थाका बारेमा अवगत गराउने उद्देश्यले कृष्णप्रसादले बाकसमा पुराना लुगा राखेर चन्द्रशमशेरसमक्ष पार्सलका रूपमा पठाएका थिए । सिंहदरबारको बैठककक्षमा चन्द्रशमशेरले मुद्दा सुन्ने गर्दथे । चन्द्रशमशेर मुद्दा सुन्न व्यस्त हुँदै गर्दा राममणि आचार्य दीक्षित र अष्टमान सिंहले कृष्णप्रसादद्वारा पठाएउको पार्सल खोलिहेर्दा पुराना लुगाका साथमा जुम्रा पनि सल्बाइरहेका थिए । चन्द्रशमशेरले भन्सारका ठेकेदारले बहुमूल्य सामाग्री पठाएका होलान् भन्ने ठानी खुशी भएका थिए तर बाकस खोल्दा फाटेका चोलो र भादगाउँले टोपी देखेपछि उनको रिसको सीमा नै रहेन । उनलाई अपव्याख्या गरिदिएर उक्साइयो । त्यस घटनाका कारण छाती पोलिएका चन्द्रशमशेर कृष्णप्रसादसँग निकै रूष्ट भए । चन्द्रशमशेरले कृष्णप्रसाददाई त्यत्तिकै छाड्नेवाला थिएनन् । उनले आफ्ना विश्वासपात्र फणिन्द्रनाथ शर्मालाई कृष्णप्रसादलाई पक्राउ गर्न खटाए जो उनका मित्र समेत थिए भने चन्द्रशमशेले फणिन्द्रलाई ज्वाइँ भन्दथे आर्थिक प्रलोभन समेत देखाएका थिए । फणिन्द्रले जुक्ती लगाएर कृष्णप्रसादलाई पक्राउबाट उम्काउन सहयोग गरि समाउन नसकिएको चन्द्रशमशेर समक्ष जाहेर गरे । यसै घटनाका कारण विद्यालयको नामको बीचमा राखिएको कृष्णप्रसादको नाम चन्द्रशमशेरले हटाएका थिए । 

वि.संं १९८६ साल मंसिरमा चन्द्रशमशेरको निधन भएपछि कृष्णप्रसादलाई माफी दिइयो । उनी सपरिवार स्वदेश फर्किए । जुद्धशमशेरको पालामा कृष्णप्रसादलाई १९९९ सालमा राजकाजसम्बन्धी अभियोगमा पक्राउ गरियो । काठमाण्डाैमा धर्माशालामा कडा निगरानीका साथ उनलाई राखियो । बन्दी जीवनमै दुई वर्षपछि उनको निधन भयो । 

प्रकृति अधिकारीको पुस्तक राणाकालीन शिक्षाबाट ।  पुस्तक थुप्रै तथा अमेजनबाट अर्डर गर्न सकिन्छ । 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर