पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
धनतेरसको अवसर पारेर राष्ट्र बैंकले बिक्री गर्न थाल्यो सुनको सिक्का

पढ्न लाग्ने समय : 2 मिनेट

हिन्दुहरुको चाड तिहारको धनतेरसको अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीको सिक्काको बिक्री सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको बिक्री सुरु गरेको हो ।

धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री खुला गरिएको राष्ट्र बैंकका निर्देशक एवं टक्सार विभाग प्रमुख विनोद आचार्यले बताए ।

‘नागरिकले सजिलै र छिटो सिक्का पाउने गरि व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गर्छाै।’

सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्नेछन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मुल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।

निषेधाज्ञाका कारण गत वर्ष असर्फी र चाँदीका सिक्का बनाउने (टकमारी) काम हुन नसकेकाले यो वर्ष नागरिकले माग गरे अनुसार सुन र अन्य सिक्का राष्ट्र बैंकले उपलब्ध गराउन नसक्ने आचार्यले बताए ।

तिहार लगतै टक्सार विभागले ती सिक्का बनाउन सुरु गरिने भएकाले आउँदो चैतदेखि नागरिकको माग अनुसार नै सुन, चाँदी लगायत अन्य सिक्का वितरण गर्न सकिने उनले दाबी गरे ।

दुई वर्ष पछि (टक्सार बबरमहल सारेपछि) राष्ट्र बैंकले पहिलो पटक गत शुक्रबार सिक्काको परिक्षण छपाई गरेको छ । पुरानो टक्सार कार्यालय सुन्धाराबाट स्थानान्तरण गरिएका मेसिनहरु जडान गरी पहिलो पटक राष्ट्र बैंकले परिक्षण छपाई गरेको हो । बाँकी मेसिनको पनि जडानको काम भइरहेकाले तिहारपछि नियमित रुपमा सुन, चाँदि लगायत अन्य सिक्काहरु छपाई गरिने राष्ट्र बैंकले बताएको छ ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर