पढ्न लाग्ने समय : 1 मिनेट
प्रत्येक वर्षको अक्टोबर १५ का दिन विश्वभर अन्तरार्ष्ट्रिय ग्रामीण महिला दिवस मनाउने गरिन्छ । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि विश्वभर यो दिवस मनाउन लागिएको हो ।
राष्ट्रसंघका अनुसार विश्वको जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको रहेको छ । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । नेपालमा २०६८ को जनगणना अनुसार झण्डै ५२ प्रतिशत महिला छन् ।
ती मध्ये ग्रामीण महिलाको संख्या अधिक छ । विश्वका हरेक देशले ग्रामीण महिलालाई समान अवसर दिन सके मात्र सन् २०३० सम्मको दीगो विकास लक्ष्य हासिल हुन सक्ने राष्ट्रसंघको धारणा रहेको छ ।