पढ्न लाग्ने समय : 0 मिनेट
आज दशैंको मुख्य दिन विजयादशमी । देवी भगवतीको प्रसादका रुपमा आज आफ्ना मान्यजनबाट टीका र जमरा लगाउने प्रचलन रहेको छ । असत्यमाथी सत्यको जीतको खुसियालीका रुपमा आजको रातो रंगमा बनाइएको अक्षताको टीका लगाउने गरिन्छ । आज टीकाको उत्तम साइत बिहान १० बजेर ०२ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ०२ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने बताइएको छ । विजयादशमीको दिन देवी विसर्जनको साइत आज बिहान ८ बजेर १९ मिनेटमा रहेको समितिले जनाएको छ ।