पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
यस्ता छन स्वरसम्राटका नसुनिएका कुरा

पढ्न लाग्ने समय : 7 मिनेट

नारायण गोपालको जन्म वि सं १९९६ असोज १८ गते र निधन २०४७ मंसिर १९ भएको थियो । काठमाण्डाैको किलागलमा जन्मिएका नारायण गोपालले ३१ वर्षको उमेरमा पेमाला लामाका साथ विवाह गरे तर उनी निःसन्तान रहे।


एकदिन नारायण गोपाललाई कसैले सोधेछ “राम्रो स्वर हुने गायिकालाई कोइली भनिन्छ भने गायक लाई के भनिन्छ?” प्रश्न नसकिंदै नारायण गोपालले जवाफ दिएछन् "कोइला" । साँच्चै नारायण गोपालको मुटु रक्सी र चुरोटले कोइला जस्तै भैसकेको थियो । त्यसैले होला ५१ वर्षको उमेरमै वहाँको निधन भयो र नेपाली संगीतको एउटा अध्याय अन्त्य भयो २०४७ मंसिर १९ गते । मृत्यु सबैको नियती हो तर पनि जस्ले आफु बाँचेको समाज र देशका निम्ती योगदान दिएको छ उ नै सच्चा सपुत कहलाउँछ । नेपाली संगीतमा उनको नाम सदैव श्रद्धापूर्वक लिइनेछ ।


नारायण गोपालको अन्तेष्टीमा उर्लिएको जनसागर

मेरो गीत धेरै नबजादेउ

नारायण गोपाल एकदिन रेडियो नेपाल पुगेछन्, गीत नबजेर हैन बढि बजेर । उनको ‘यो सम्झिने मन छ’ बोलको गीत रेडियोमा बढ़ी बज्न थालेपछि उनले रेडियो मै पुगेर भनेछन् ‘कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइदिनुहोला, यसले गीत लोकप्रियता घट्छ ।’  



कुस्ती खेलमा निक्कै खप्पिस नारायण गोपाल शारिरिक रुपमा पहलामनका रुपमा कहलिएका थिए । उहाँका नजिकका साथी नगेन्द्र थापाका अनुसार नारायण गोपालले कुस्ती पनि सिकेका थिए । यदि उनी संगीतमा नलागेको भए ईतिहासविद् हुन्थे कि ! किनकी उनी ईतिहासमा पनि निकै पोख्त थिए ।

माया गर्नेको चोखो माया 

कालीप्रसाद रिजालको शब्दमा स्वरसम्राट नारायण गोपालले त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा गाएको गीत हो यो। यो गीत पछि रेकर्ड भने हुन पाएन। यसलाई पछि रामकृष्ण ढकालले रेकर्ड गराए ।



राजमार्ग निर्माणमा खटिएका कुल्ली नारायण गोपाल

नारायणगोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्ली काम गरेका थिए । गीतकार भीम बिरागका अनुसार ”म तबला बजाउँथे, वहाँ एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन कुल्ली काम गर्नु भयो थाहा भएन । तर, लामो समय चाँहि गर्नु भएन । "

नारायण गोपालले पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायण गोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो।

उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासी नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो।

उक्त समयमा नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे।

कुल मिलाएर अठ्ठाईस वर्षको निरन्तर गायनमा नारायण गोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्ताउन्न वटा गीत गाए। उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए।


 

स्वर सम्राट

नेपाली ईतिहासमा नारायण गोपाललाई अहिलेसम्म जनताले नै दिएको विशेषण “स्वरसम्राट” मात्रै हो । पहिलोपल्ट नारायण गोपाललाई “स्वरसम्राट” भन्ने व्यक्ति कवि भुपी शेरचन थिए । २०२८ सालमा पोखराको एक कार्यक्रममा भुपीले नारायणगोपल लाई स्वर सम्राट भनेर सम्बोधन गरेका थिए । पछि गोरखा दक्षिणबाहु दिँदा राजाले पनि स्वरसम्राट नै भनेर सम्बोधन गरेका थिए । यसरी नारायणगोपाल निर्विवाद स्वरसम्राट कहलिए । 



मितज्यूसँग मतभेद्

आफ्ना मितज्यू गोपाल योञ्जनको विवाहपछि उनको नारायण गोपालसितको सम्बन्धमा चिसोपन आयो। नारायण गोपाल एक्कासि परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनर्स्थापित हुने मौका दियो।



विवाहपछि घर नफर्केका नारायण गोपाल
नारायण गोपालले अन्तर जातीय विवाह गरेका थिए । उहाँले दार्जिलिङ निवासी पेमला लामाका साथ २०२७ सालमा विवाह गरेका थिए, विवाहपश्चात नारायण गोपाल घर फर्केनन् कारण उनका बुबा उनको विवाहलाई स्वीकार गर्नेपक्षमा विल्कुलै थिएनन् ।



विवाहपश्चात नारायण गोपाल पत्नीसहित पोखरा स्थित कवि भुपी शेरचनको घर पुगे । पोखरामा बस्दा श्रीमती पेमला लामाले रत्नराज्यलक्ष्मी देवी स्कुलमा पढाउन थालिन भने नारायण गोपाल स्वंय अमरसिंह स्कुलमा शिक्षक भए । पोखरामा नारायण गोपाल दम्पतीले ६ महिना बिताएपश्चात काठमाण्डाै फर्किए तर बा आमासँग भने बसेनन् यो क्रम निकै सालसम्म जारी नै रह्यो । विवाह भएको ३ महिना पश्चात नाारायण गोपालले आफ्ना बुबालाई यस्तो चिठी लेखेर पठाए । 

विवाह पश्चात नारायण गोपालले आफ्ना बा आमालाई चिठ्ठी लेख्दै भने - ''आमा जात नमिलेको बुहारीलाई बुहारी नभनेपनि केही छैन तर म त तिम्रो छोरा हुँ' । 




 #NarayanGopal

सन्दर्भ सामाग्री

मदन पुरस्कार पुस्तकालय
अनलाइनखबर
 विभिन्न अनलाइनहरू
सामाजीक सञ्जाल


 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर