पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
अक्टोबर १, अन्तरार्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस

पढ्न लाग्ने समय : 2 मिनेट

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तरार्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । 

सन् १९९९ लाई 'अन्तरार्ष्ट्रिय ज्येष्ठ नागरिक वर्ष' को रूपमा विश्वभरि मनाइएको थियो भने यद्यपि हरेक वर्षको अक्टोबर १ लाई 'अन्तरार्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस' र जुन १५ लाई 'ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यहार विरुद्ध विश्व चेतना दिवस' को रूपमा मनाउने गरिएको छ ।

प्रत्येक १० वर्षमा गरिने गणनाको तथ्यांक अनुसार नेपालमा वृद्ध वृद्धाहरुको संख्यामा वृद्धि देखिएको छ । यसबाट नेपालमा औषत आयु पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औषत आयुमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर-परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्चसम्मान हुने गर्दछ । धेरै सदस्य भएको घरपरिवारलाई ‘ठूलाघर’ नै भन्ने चलन छ । पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावले नेपाली समाज र घरपरिवार पनि अछुतो रहेन् । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टै बस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् । त्यहि भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरु निर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। 

#photomuseumNepal #oldphotoofNepal  #today #InternationalOlderPeoplesDay

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर