टुँडिखेल, एसियाकै ठूलो परेड मैदान !

पढ्न लाग्ने समय : 4 मिनेट

पृथ्वीनारायण शाहले नेपाल (काठमाडाैं उपत्यका) विजय गरेपछि सैनिकहरूको परेड खेल्ने मैदान बन्यो, टुँडिखेल। त्यही बेलादेखि टुँडिखेल सैनिक प्रयोजनकै लागि प्रयोग भएको मानिन्छ ।


श्री ३ रणोद्वीप सिंहको गद्दी आरोहण समारोह, मितिः वि.सं. १९४० ।

सुरुमा टुँडिखेलको आकार ठूलो थियो। सँस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः त्रिपुरेश्वरको दशरथ रंगशालादेखि जमल, रानीपोखरीसम्मको क्षेत्रलाई टुँडिखेल भनिने गरेको सुनाउनुहुन्छ । पहिलाको समय रानीपोखरीदेखि दशरथ रंगशालामासम्म टुँडिखेलको घेरा करिब ३ देखि ५ किलोमिटर लामो र ३ सय मिटर चौडा थियो। कतिपयले यसलाई एसियाकै ठूलो परेड मैदान समेत भन्थे।


खरीको रूख, वि.संं २०२० ।

त्यस्तै, त्यसबखतको नेपाल पुस्तकमा सरदार भीम बहादुर पाँडे लेख्नुहुन्छ फराकिलो टुँडिखेलमा खरीको चाैतारो सिवाय अरू कुनै घर र मञ्च बनेका थिएनन् बिहान बेलुका टुँडिखेलको बीचबाट मानिस हिँडे पनि, बिहान १० देखी अपरान्ह ४ बजेसम्म सिपाहीले कसैलाई छिर्न दिंदैनथे तर गाई भने दिनभरि चर्न पाउँदथे ।


चर्दै गरेका गाइवस्तुहरू, वि.संं २०१९ । 

रानी पोखरीदेखि त्रिपुरेश्वरसम्म तन्किएको टुँडिखेललाई खाली मोटर चल्ने पूर्व-पश्चिम तन्केका सडकले मात्र काटेका थिए ।


काशबाट हेर्दा, वि.संं २०२१ ।

टुँडिखेलको बीच ठिङ्ग फगत खरीको बोट उभिएको थियो । त्रिपुरेश्वरनिरको क्षेत्रलाई सानो टुँडिखेल भनिन्थ्यो त्यहाँ दुई कमलपोखरी थिए ।


त्रिपुरेश्वरस्थित कमल पोखरी ।

साँझतिर काठमाण्डाै निवासी युवाहरू पलेँटी कसेर टुँडिखेलको हरियो चउरमा बस्दथे । जहाँ पनि टुसुक्क अथवा थचक्क बस्ने, पिच्च थुक्ने, बाटोमा कताकति मोटर चढेर आएको मानिसलाई चिनोस्-नचिनोस् अति झुकी चट्ट सलाम, स्वस्ति गर्ने, साथीले चुरोट खाएको देखे दश हात परबाट हान्निएर आई मागेर दम खिंचेर तीन-चार जनाले धीत मर्ने गरेर तान्ने र आपसमा भेट्दा ल्वाङ, सुपारी माग्ने त एकप्रकारले धेरै मानिसमा त्यस बेला आदतै बसेको थियो - पश्चिमी राष्ट्रमा भेट्दा 'गुड मर्निङ' भनी हात मिलाएझैं.....”



धरहराबाट पुर्व फर्केर हेर्दा  ।

भौतिक संरचना निर्माणसँगै पछिल्लो समय यसको क्षेत्रफल आधाभन्दा बढी खुम्चिएको छ। अहिले त्रिपुरेश्वर क्षेत्रमा रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ। उत्तरतिर रत्नपार्क र खुलामञ्च रहेको क्षेत्र पनि टुँडिखेलको हैसियतबाट अलग्गिएको छ। गणतन्त्र प्राप्तिपछि टुँडिखेलको अस्तित्व अझै फेरिएको छ।
सेनाले प्रयोग गर्दै आएको टुँडिखेलको भागमै अहिले विभिन्न जातजाति, धर्म र सँस्कृतिका कार्यक्रम हुन थालेका छन्। दोस्रो जनआन्दोलनपछि राजनीतिक परिवर्तनसँगै टुँडिखेलमा सामान्य नागरिकले पनि प्रवेश पाउन थाले। टुँडिखेलमा नेवार समुदायको देवाली हुने गरेको पनि ग्वंगः सम्झनुहुन्छ ।

बागमती नदीमाथीको आकाशबाट हेर्दा । 

रंगशाला, सैनिक मुख्यालय, अफिसर्स क्लब, सैनिक मञ्च, खुल्लामञ्च (पछिल्ला वर्षमा पार्किङ स्थलका रूपमा रूपान्तरित), रत्नपार्क, महानगरीय प्रहरी परिसर आदीको निर्माणले वास्तविक टुँडिखेलको आकार पुराना तस्वीरमा मात्रै सिमित हुन पुगेका छन् ।

सन्दर्भ सामाग्री

नागरिकन्युज
अनलाइनखबर
विभिन्न अनलाइनहरू
मदन पुरस्कार पुस्तकालय
विभिन्न सामाजीक सञ्जाल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।