पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
सेप्टेम्बर २२ विश्व गैंडा दिवस, सन् १९५० को दशकमा चितवनमा थिए ८ सय वटा गैंडा

पढ्न लाग्ने समय : 2 मिनेट

गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि सेप्टेम्बर २२ दिन विश्व गैंडा दिवस मनाउने निर्णय गरेको हो । अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन् । 

गैंडा गणना २०७७ अनुसार चितवनमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाँटामा १७ वटा, बर्दियामा ३८ वटा र पर्सामा ३ वटा गैंडा रहेका छन् । गैंडा गणना प्रतिवेदन अनुसार नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्ज तथा आरक्षमा ६ वर्षपछि भएको गणनामा संख्या ७ सय ५२ पुगेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

नेपालमा सन् २०१५ अघि सन् १९९४, २०००, २००५ र २०११ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा गैंडाको गणना गरिएको थियो। नेपाल सरकारकै खर्चमा पहिलोपटक गत चैत्र महिनामा गैंडाको गणना भएको हो । 

चितवन निकुञ्जका अनुसार नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैंडा थिए। सन् १९६० को दशकमा पुग्दा यो संख्या घटेर १०० मात्रै पुग्यो। सन् १९७३ मा नेपाल सरकारले गैंडा संरक्षणलाई प्राथमिकतामा राखेर चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो।

माओवादीको जनयुद्धताका देशको ध्यान त्यसतर्फ मोडिँदा चितवन निकुञ्जमा चोरी शिकारी मौलाएको थियो। पछिल्ला दिनमा योक्रममा कमी आए पनि प्राकृतिक कारणले गैंडा मर्ने क्रम भने बढेर गएको छ।

नेपालमा भेटिएका गैंडामध्ये १४६ वटा भाले र १९८ वटा पोथी छन्। ४०८ वटाको लिंग पहिचान नभएको चितवन निकुञ्जको प्रतिवेदनमा उल्लेख छ । यसपटक भेटिएका गैंडामा ५२० वटा वयस्क, ९६ वटा अर्ध वयस्क र १३६ वटा केटाकेटी रहेका छन् ।  

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर