पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
'उडी छुनु चन्द्र एक', अघिल्लो साँझ लुना-२ ले चन्द्रमामा टेक्यो महाकवि देवकोटा भोलिपल्ट बिते

पढ्न लाग्ने समय : 6 मिनेट

वि.संं २०१६ साल भाद्र महिनाको २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले पशुपति आर्यघाटस्थित वैद्य अस्पतालमा देह त्याग गरे । उनको भाैतिक शरिर नजिकै रहेको घाटमा जलाइयो । उनका कृतिहरू भने विश्वभर सदियाैंसम्म अजर अमर रहनेछन् ।  

महाकवि लक्ष्मीप्रसाद देवकोटाले 'उडी छुनु चन्द्र एक' लेखेको प्रसंगलाई लिएर उनको गिल्ला गर्ने मान्छे पनि यस पृथ्वीमा थिए । तर उनको दूरदर्शी भावना उनको जीवनकालमा नै साकार पनि भयो । भाद्र २८ गतेको साँझ करिब ९ बजे तत्कालीन सोभियत संघको लुना-२ यान चन्द्रलोकमा (चन्द्रमा मा) र्ल्यो देवकोटा चाँही भाद्र २९ गते अर्थात लुना-२ चन्द्रमामा अवतरण भएको भोलिपल्ट साँझ बेलुका ६ बजेर १० मिनेटमा परलोक भए ।


भाद्र २९ गते बिहान करिब ९ बजे आर्यघाटस्थित वैद्य अस्पतालमा लक्ष्मीप्रसाद देवकोटा । 

लुना-२ अभियान 

१२ सेप्टेम्बर १९५९ का दिन बिहान ६ बजेर ३९ मिनट ४२ सेकेण्ड जादा पृथ्वीबाट चन्द्रयात्रा सुरु गरेको लुना–२ ले ३८ घन्टा, २२ मिनट, ४२ सेकेण्डको यात्रापछि १३ सेप्टेम्बरको रात्रि २१ बजेर, २ मिनेट, २४ सेकेण्डको समयमा चन्द्र धरातल स्पर्श गर्‍यो र मानव जातिकै इतिहासमा एउटा विशिष्ट कीर्तिमानी इतिहास रच्यो ।

लुना– २  को प्रक्षेपणमा ३ दिन विलम्ब भएको थियो । योजना मुताबिक यसलाई ९ सेप्टेम्बरमा प्रक्षेपित गर्ने योजना गरिएको थियो तर यसको रकेट ‘लुना ८ के ७२’ को इन्जिनको हुत्याउने शक्ति (thrust) मा कमी देखिएपछि प्रक्षेपण कार्यक्रम रद्द गर्नु परेको थियो । यसपछि दोश्रो प्रयासमा १२ सेप्टेम्बरका दिन यसले ११.२ किमी प्रतिसेकेण्डको गतिले यात्रा सुरु गरेर झण्डै ३८ घन्टा, २२ मिनेटपछि ३.३ किमी प्रति सेकेण्डको गतिले चन्द्रमामा अवतरण गरेको थियो।

३९० किलोग्राम तौल भएको लुना गोलाकार किसिमको थियो । यसमा एन्टेना जडिएको थियो र त्यसले आफूसँग रेडिएसन (विकीरण), चुम्बकीय क्षेत्र र चन्द्र धरातलका ढुंगा खनिजहरु जाँच्ने यन्त्र पनि बोकेको थियो ।  तर अवतरणको क्रममा त्यसको गति बढी भएका कारण यसमा जडान    गरिएका यन्त्र बिग्रिएर यसले चन्द्रसतहको अध्ययन गर्न सकेन । तथापि, यसले के कुरा चाहिँ निश्चित गरिदियो भने चन्द्रमाको अत्यन्तै कमजोर चुम्बकीय क्षेत्र त छ तर यसको रेडिएसन बेल्ट चाहिँ छैन । त्यसो त यही किसिमको वैज्ञानिक नतिजा लुना १ ले पनि पठाएको थियो ।

चन्द्र धरातलमा ठोक्किनुपूर्व लुना– २ ले पृथ्वीस्थित सोभियत नियन्त्रण कक्षमा लगातार सन्देश पठाइरहेको थियो, जसलाई सोभियत वैज्ञानिक कोरोलेभ र उनका टीमका वैज्ञानिकहरुले निरन्तर अनुगमन गरिरहेका थिए । त्यसै दौरानमा अचानक लुना– २ बाट सन्देश आउन पूरै बन्द भयो । यसको एउटै अर्थ थियो, लुना– २ चन्द्र धरातलमा ठोक्कियो । त्यो एकीन हुनासाथ सोभियत नियन्त्रण कक्षमा हर्षोल्लास छायो ।

लुना– २ आफ्नै इन्जिन र इन्धनबाट नभई रकेटको माध्यमबाट पठाएको थियो । त्यो चन्द्र धरातलमा ठोकिकएको आधा घण्टापछि त्यसलाई चन्द्रमासम्म लैजाने त्यसको अन्तिम चरणको रकेट पनि चन्द्रमामा ठोक्किन पुगेको थियो ।

रूसले आफ्नो छैठौं प्रयासमा मात्रै चन्द्रमामा अवतरण गर्न सकेको थियो । जस्तो कि, माथि उल्लेख भइसकेको छ, लुना– २ भन्दा पहिला पनि लुना– १  लाई २ जनवरी १९५९ मा प्रक्षेपित गरिएको थियो  ।

लुना– १ र लुना– २ प्रक्षेपण गरिएको अवधिको बीचमा १८ जून १९५९ मा पनि रूसले नाम नखुलाइएको  एउटा यान चन्द्रयात्रामा पठाएको थियो, जुन असफलतामा नै टुंगिएको थियो । त्यसैगरी, १९५८ का ४ डिसेम्बर, १२ अक्टोबर र २३ सेप्टेम्बर मा पनि रूसले चन्द्रविजयका लागि असफल प्रयास गरेको थियो । रूसलाई पहिलो सफलता भने छैठौं  प्रयासमा लुना– २ मार्फत् १३ सेप्टेम्बर १९५९ मा आएर मात्रै प्राप्त भयो ।

रमाइलो संयोगको कुरा त के भने, सोभियतसंघले चन्द्रमामाथि यो विजय त्यो विशिष्ट समयमा हासिल गरेको थियो, जसको लगत्तै सोभियत प्रधानमन्त्री निकिता खु्रश्चेव अमेरिकी राष्ट्रपति आइजनहावरको निमन्त्रणामा पहिलो (र अन्तिम पनि) पटक अमेरिका जाँदै थिए । यो उनको लागि निक्कै गर्वको कुरा थियो । त्यस अवसरमा खु्रश्चेवले अमेरिकी राष्ट्रपति आइजनहावरलाई लुना– २ ले चन्द्रमामा लगेको सोभियत राष्ट्रिय चिन्ह र नाम खोपिएको प्रतीक चिन्हको प्रतिरुप पनि उपहारमा दिएका थिए ।

त्यसो त लुना २ मा सोभियत संघ रोकिएन । लगत्तै सोही वर्षको अक्टोबर ४ मा उसले लुना ३ पनि पठायो, जसले चन्द्रमाको अँध्यारो भाग (Dark side) को नक्सा पनि पहिलो पटक खिचेर पठाएको थियो । 

एकपछि अर्को सफलताले हौसिएको सोभियतसंघले सन् १९६१ मा अन्तरिक्षमा पहिलो पटक मानिसलाई पठाउने सफलता हासिल गर्‍यो । त्यो सौभाग्यशाली कीर्तिमान कायम गर्ने व्यक्ति २७ वर्षीय युरी गागरिन थिए । त्यसको २ वर्षमै सोभियतसंघले पुनः भेलेन्तिना तेरेस्कोभालाई सफलतापूर्वक अन्तरिक्षमा पठाएर पहिलोपटक महिलालाई अन्तरिक्षमा पठाउने कीर्तिमान पनि कायम गर्‍यो ।

सन् १९६६ मा आएर लुना ९ लाई सोभियतसंघले सफलतापूर्वक चन्द्रमामा अवतरण (soft landing) गराएर अर्को कीर्तिमान पनि कायम गर्‍यो ।

सन्दर्भ सामाग्री
मदनमणि दीक्षित
विकिपिडिया
रातोपाटी

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर