पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
भदाै १९, नेपालमा रेडक्रस सोसाइटीको स्थापना भएको दिन

पढ्न लाग्ने समय : 2 मिनेट

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.सं.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने व्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो ।

रेडक्रस सोसाइटी स्थापना भएको करिब १०० वर्षपछि नेपालमा रेडक्रसको स्थापना भएको हो । नेपालमा परोपकारी संस्था रेडक्रसको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकी अधिराजकुमारी प्रिन्सेप शाह उक्त संस्थाकी पहिलो अध्यक्ष थिएन् ।

उनी राजा महेन्द्रका भाइ अधिराजकुमार हिमालयशमशेरकी श्रीमती तथा तत्कालीन अधिराजकुमारी हुन् । ८ जेठ ०३९ सम्म १८ वर्ष निरन्तर अध्यक्ष भइन् । उनीपछि १६ मंसिर ०४७ सम्म ८ वर्ष हेलेन शाह अध्यक्ष थिइन् । उनी महेन्द्रका कान्छा भाइ बसुन्धराकी श्रीमती हुन् । त्यसपछि संजीव थापा र प्रो.डा. विश्व केशर मास्केले नेपाल रेडक्रस सोसाइटीको अध्यता गरिसकेका छन् भने हाल डा. नेत्र प्रसाद तिमल्सिनाले उक्त पद सम्हालिरहेका छन् । 

नेपाल रेडक्रस सोसाइटीले विपद्को समयमा पीडित व्यक्तिहरूलाई राहत वितरण, आपत्कालीन प्राथमिक उपचार प्रदान गर्नुको साथै एम्बुलेन्स, रक्तसंचार सेवा, आँखा उपचार र पारिवारिक सम्पर्क पुनःस्थापनाजस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ । यसैगरी नेरेसोले पिछडिएका समुदायहरूमा विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाइ अभियान, सडक सुरक्षा र अपत्कालीन स्वास्थ्यमा सहयोग प्रदान गर्दै आएको छ ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर