५२ वर्षअघि भक्तपुरको सापारू (गाईजात्रा)

पढ्न लाग्ने समय : 1 मिनेट

मुलुकभर मनाइने साँस्कृतिक एवं ऐतिहासिक उत्सव सापारू (गाईजात्रा) को छुट्टै महत्व रहेको छ । देशका विभिन्न स्थानहरूमा आ-आफ्नो तरिकाले यस पर्व मनाइन्छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण घिन्ताघिसी नाच हो । घिन्ताघिसी, माकप्याखं, देवी नाच सापारू दिन निकालिन्छ ।

नेवार समुदायले विशेष पर्वका रूपमा मनाउदै आएको सापारू (गाईजात्रा) वर्ष दिनभित्र दिवंगत आफन्तजनको दिवंगत आत्माले मोक्ष प्राप्त गरुन् भनी प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिनदेखि नौ दिनसम्म मनाइन्छ ।

नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रममा गराएमा मृतात्माहरू गाईको पुच्छर समातेर वैतरणी नदी तरेर स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।




























 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. ३ दशकअघि दशरथ रंगशालामा भागदाैडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाए
  4. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  5. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  6. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  7. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  10. जङ्गबहादुर राणाको तलब कति थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।