पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
जनकवि केशरीको ९७ औँ जन्मजयन्ती

पढ्न लाग्ने समय : 2 मिनेट

जनकवि केशरी धर्मराज थापा नेपाली जगतका अभुतपूर्व प्रतिभा हुन् । लोकगीतका गायक, लोकजीवनका अध्येता, नेपाली जगतका भ्रमणकारी, कवि, नियात्राकार धर्मराज थापा साँचो अर्थमा नेपाली जगतकै रत्न थिए । पोखराको बाटुलेचौरमा जन्मेका उनले नेपाल र भारतका नेपालीभाषी क्षेत्रको व्यापक भ्रमण गरेका थिए । उनले नेपाल भ्रमण गर्दाको कृति “नेपाल भ्रमण” महत्त्वपूर्ण दस्तावेज हो उनको स्वदेश भ्रमणको । उनले पूर्वमा असम, सिक्किमदेखि पश्चिममा भाक्सुसम्म पुगेर नेपाली जगतमा ‘नेपालीले मायाँ मार्यो बरिलै’ गाउँदै तत्तत् ठाउँका नेपालीहरुलाई धुरुधुरु रुवाएका थिए । 

थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा  भएको थियो । उनका प्राय गीतमा गाउँको जनजीवन भेटिन्थ्यो । गाउँ ठाउँका शब्दहरु बटुल्दै उखान टुक्का जोडेर गीत बनाउन सिपालु थापा गाउँका स्रोताका विचमा चर्चित थिए तत्कालिन समयमा । जनताका गायकका रुपमा लोकप्रिय हुँदै गएका थापालाई २०१३ सालमा राजा महेन्द्रले जनकवि केशरीको उपाधि दिएका थिए ।

जनकवि भनेर चिनिने थापा क्रान्तिकारी पनि थिए । तत्कालीन सामन्ती संस्कार विरुद्ध उनले आन्दोलन गरे बापत जेल समेत परे । २००८ सालमा कर्मचारीलाई उक्साएर हडताल गरेको अभियोगमा गोरखापत्रको मुखिया पदको उनको जागीर खोसुवामा परेको थियो ।

उनी डाक्टर के आइ सिंहले गरेको विद्रोहमा पनि सहभागी थिए । सिंहको विद्रोहमा सरिक भएको अभियोगमा तत्कालिन सरकारले उनलाइ ३० दिन जेल हालेको थियो । जेलबाट छुटेपछि भारतको देहरादुन, आसाम, दार्जीलीङ, सिक्किम लगायतका ठाउँमा लोकगीत खोज्दै गाएका पनि थिए ।


 

सोही क्रममा उनले कलकत्तामा रहेको एचएमभी कम्पनिमा धुरुधुरु नरोउ आमा, झमझम परेली, हाम्रो तेन्जिङ शेर्पाले लगायतका गीत गाएका थिए ।

थापाको ‘मालती मंगले’ काव्यलाई मदन पुरस्कार गुठीले २०२५ सालको साहित्य तर्फको मदन पुरस्कार प्रदान गरेको थियो । त्यस्तै ०५७ सालमा मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको थियो । इमेज लाइफटाइम लगायत उनले थुप्रै संघसंस्थाबाट पुरस्कार पाएका छन् भने १ सय भन्दा बढी गीत रेकर्ड गराएका छन् ।

उनको निधन २०७१ असोजमा निधन भयो । 

सन्दर्भ सामाग्री 

हिरा बहादुर खड्का
विभिन्न अनलाइनहरू । 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर