पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
ओलम्पिकमा नेपालको पहिलो आधिकारिक सहभागिता (भिडियो सहित)

पढ्न लाग्ने समय : 4 मिनेट

नेपालले सन् १९६४ मा जापानको राजधानी टोकियोमा सम्पन्न १८ औं गीष्मकालीन ओलम्पिक प्रतियोगितामा औपचारिक रुपमा पहिलोपटक सहभागिता जनाएको हो। उक्त ओलम्पिकमा नेपालबाट ४ जना बक्सिङ र २ जना धावक गरि जम्मा ६ जना खेलाडीहरुले भाग लिएका थिए।

नेपालले सन् १९५२ को हेलसिन्की ओलिम्पिकमा पहिलोपटक भाग लिएको र त्यसमा कृष्णबहादुर बर्मा र नरशमशेर जबराले सहभागिता जनाएका थिए भनिन्छ। यो भनाईलाई आधार मान्ने हो भने त्यसमा भाग लिने खेलाडी कृष्ण बहादुर बर्मा थिए। त्यस्तै सन् १९६० को रोम ओलम्पिकमा नेपालबाट एकजना पर्यवेक्षकलाई पठाइएको थियो भनिन्छ। तर यी दुवै ओलम्पिकमा नेपाल सहभागी भएको भन्ने रेकर्ड भने ओलम्पिक अभिलेखालयमा भेटिँदैन।

सन् १९६२ मा नेपालमा ओलम्पिक कमिटीको गठन भएको थियो। त्यसको अध्यक्षता तत्कालीन राजा महेन्द्रका कान्छा भाइ अधिराजकुमार बसुन्धरा विक्रमले गरेका थिए । यही नेपाल ओलम्पिक कमिटीले सन् १९६३ को नोभेम्बर ०१ मा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

सन् १९६१ को अक्टोबर महिनामा तीन वर्ष पछि सन् १९६४ मा जापानको टोकियोमा आयोजित हुने टोकियो ओलम्पिकको प्रचारका लागि दुई गाडी नेपाल आइपुगेका थिए। त्यतिबेलै आयोजित एक कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकको 'ओलम्पिक ज्योति' नेपाल आएपछि त्यही ज्योति आफूले लिएर काठमाण्डौंमा १०० मिटर दौड दाैडने उद्घोष अधिराजकुमार बसुन्धराले गरेका थिए।


टोकियो ओलम्पिक प्रचारका लागि काठमाण्डाै आइपुगेको जापानीज जीप । 

भर्खरै अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य भएको नेपाल ओलम्पिक समितिको आग्रहमा सन् १९६४ को टोकियो ओलम्पिकको 'ओलम्पिक ज्योति' सन् १९६४ को अगस्ट २९ मा काठमाण्डौं ल्याइएको थियो। सोही २८ अगस्टमा दिल्ली आईपुगेको 'ओलम्पिक ज्योति' लाई कलकत्ता हुँदै काठमाण्डौं ल्याइपुर्याईएको थियो। दिल्ली आइपुगेको उक्त मूल ज्योतिलाई काठमाण्डौं नै ल्याउन भने नेपाली अधिकारीहरु असमर्थ रहे। त्यसैले त्यसबाट अर्को एउटा सानो ज्योति मात्र काठमाण्डौं आइपुगेको थियो। दिल्लीबाट उक्त ज्योति ३० अगस्टमा फिर्ता पठाईएको थियो।

सन् १९६४ को १०-२४ अक्टोबर सम्म जापानको टोकियोमा सम्पन्न हुने १८ औं टोकियो ओलम्पिकमा एथलेटिक्सका ६ जना खेलाडीहरुले सहभागिता जनाउने भनेर सोही ३ जुलाईमा नेपालले खेलाडी छनोट गरेको जानकारी गराएको थियो। ती खेलाडीहरु मध्ये नेपाली सेनाबाट म्याराथन धावकमा भुपेन्द्र बहादुर सिलवाल (टोकियो ओलम्पिकको अभिलेखमा भुपेन्द्र बहादुर केसी उल्लेख भएको) र गंगा बहादुर थापा छनोट भएका थिए। त्यस्तै ४ जना बक्सरहरू सबै ब्रिटिस सेनामा कार्यरत नेपालीहरु थिए। जसमा भीमबहादुर गुरुङ, नमिसिंह थापा (टोकियो ओलम्पिकको अभिलेखमा नमसिंह थापा उल्लेख भएको) ,ओमप्रसाद पुन र रामप्रसाद गुरुङ थिए। उनीहरु सबै हङकङबाट टोकियो गएका थिए र टोकियोबाट हङकङ नै फर्किएका थिए। ३ जुलाईमा नेपालले छनोट गरेका खेलाडीहरुको सूची ओलम्पिक कमिटीले १२ अगस्टमा १९६४ मा प्राप्त गरेको थियो।

ओलम्पिक प्रतियोगितामा नेपालले औपचारिक रुपमा पहिलोपटक सहभागिता जनाएको अवसरमा तत्कालीन नेपाल सरकाले हुलाक टिकट समेत जारी गरेको थियो । 

टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाल ५९ औं नम्बरमा प्रवेश गरेको थियो। त्यही उद्घाटन समारोहमा प्रवेश गरेको नेपाली टोली यो दुर्लभ भिडियोमा देखिन्छन्।

प्रस्तुतीः सन्तोष खडेरी
 

सन्दर्भ सामाग्री

ओलम्पिक अभिलेख 
विभिन्न राष्ट्रिय एवं अन्तरास्ट्रिय अखबारहरु

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर