"बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
वि.संं २०११/०१२ सालतिरको बानेश्वर धेरै बस्ती भएको ठूलो गाउँ जस्तो थियो । अहिले पनि धेरै बस्ती पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन ।
अहिले निजामती अस्पताल रहेको ठाउँमा मीनशम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस वरपरका बस्तीहरुलाई पनि मीनभवन भन्न थालियो । अहिले अन्तर्राष्ट्र