"काठमाण्डाैमा हवाईजहाज उड्दा भूकम्प आयो भन्दै भागाभाग भयो"- भैरव रिसाल

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं उपत्यकाको आकाशमा पहिलो पटक हवाईजहाज कहिले उड्यो ? मैले सम्झेसम्म २००४ सालमा हो जस्तो लाग्छ। कति ठूलो आवाज आएको थियो भने, मानिसहरू आत्तिंदै कराएका थिए । गाईभैंसी उफ्रिंदै दाम्लो चुँडाएर, किला उखेलेर बुर्कुशी मारेका थिए।

त्यस बेला मेरो बसोबास भक्तपुरको दधिकोटमा थियो । १९९० सालको भूकम्प भोगेकाहरूलाई लागेछ, फेरि भूकम्प आयो! गाउँलेहरू साना लालाबाला च्यापेर ‘राम राम’ भन्दै दधिकोटको चौरमा भेला भएका थिए । केटाकेटी डाँको छोडेर रोइरहेका थिए । ७४ वर्ष अघिको नेपालको शब्दचित्र हो यो।

त्यसपछि २००७ सालको कात्तिकमा राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि राणाशासनको विरुद्ध पर्चा छर्न काठमाडौंको आकाशमा जहाजले चक्कर लगाएको थियो। जहाजको गर्जन ठूलै थियो । त्यसबेला भने मानिसहरू आतंकित भएनन्।

२०४४ सालमा काठमाण्डाैमा कनकर्ड जहाज अवतरण हुँदा घरका सिसा फुटे (भिडियो सहित)

जहाजकै प्रसङ्गमा अर्को एउटा रोचक घटना पनि छ । सुर्खेत उपत्यकामा जहाजको उडान हुन थालेपछि शुरुआतका झण्डै दुई वर्ष यात्रुका सामान जहाजबाट निकाल्न र राख्न मजदूर राख्नै परेन । विमान हेर्न आउने मानिसहरूले नै निःशुल्क झिक्ने–राख्ने काम गरे । चार्टर गरेका जहाजमा पनि उनीहरूले चामलका बोरा राखिदिए।


वीरेन्द्रनगर विमान अड्डामा  हवाइजहाज हेर्नेको घुँइचो, वि.संं २०२५ । 

सित्तैंमा किन काम गरेको भनेर मैले ती मानिसलाई सोधेको थिएँ । जवाफ दिए, ‘पैसो नतिरी जहाजभित्र जान पाइयो भने त्यति सामान किन नराखिदिनु ? गाउँमा गएर म पनि जहाज चढेको छु भन्दा कत्रो इज्जत !’ 

मुल तस्बिरमा, टुँडिखेलमाथिको काशमा उडेको हवाइ जहाज हेर्नेको भीड ।

२००६ सालमा काठमाडौं उत्रिएको पहिलो विमान जो धान ओसार्ने प्रयासका लागि बोलाइएको थियो

सन्दर्भ सामाग्री

भैरव रिसाल
हिमालखबर
भिन्टेज नेपाल
फोटो म्युजियम नेपाल

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर