१९९० काे भूकम्पपछि सहयाेग गर्न खाेज्नेहरुलाई धन्यवाद दिइयो तर सहयाेग लिइएन...

पढ्न लाग्ने समय : 1 मिनेट

पूर्वी नेपाल केन्द्रबिन्दु बनाई १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको खबर थाहा हुनासाथ विदेशबाट नेपाल सरकारमा सहानुभुतिको वर्षा हुन थाल्यो । धेरै संघसंस्था तथा मुलुकले "सहायता दरकार परे समर्पण गर्दर्छाै" भनि तार पठाए तर सबैलाई धन्यवाद र कृतज्ञता जनाई जवाफ गयो ।

भारतबाट समेत नेपालको भूकम्प पिडितका लागि सहायताको इच्छा जाहेर भयो तर "त्यहाँ पनि नोक्सान पर्न गएकोले सहायता स्वीकार गर्न चाहन्नम्, यसरी दुवै देशमा नोक्सान परेको बखतमा आफ्नो सहायता आफैँले गर्न आवश्यक छ" भन्ने जवाफ गयो जुन जवाफ प्रशंसायोग्य हो भनी २५ फ्रेबुअरी १९३४ को अंग्रेजी छापामा प्रकाशित भएको थियो ।


वि.सं. १९९० साल माघ २ गते गएकाे महाभूकम्पकाे समाचार गाेरखापत्रमा साेहि दिन प्रकाशित भएकाे थियाे ।

सन्दर्भ सामाग्री

ब्रम्हशम्शेर जबरा
नेपालको महाभूकम्प १९९०, पृष्ठ १०३

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  4. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर