बडादशैँको नवाैं दिन आज महानवमी
आश्विन शुक्ल नवमीका दिन आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महानवमी पर्व मनाउँदै छन्। महानवमीमा दुर्गा भवानीको पूजा आराधना गरी बलि दिने परम्परा छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ । दशैंघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्त