आज महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती
नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते 'लक्ष्मीपूजा'को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो भने उनी वि.सं. २०१६ भाद्र २९ मा परलोक भए ।
उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए