शहरमा मात्रै होइन, गाउँमा समेत पिङको रौनक देखिँदैन अचेल
नेपाली समाजमा पिङ र दशैं, तिहार परिपुरकका रूपमा रहँदै आएका छन् । नेपाली बृहत् शब्दकोशमा पिङलाई 'रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन' भनेर लेखिएको छ।
घरैपिच्छे बाबियो मागिन्थ्यो, बाबियो दिन नसक्नेले श्रम वा नगद नै दिन्थे, राति फराकिला आँगन वा चाैरमा समुहमा नै बाबियोको लठारो (पिङ) कसिन्थ्यो । प्रविधिमा युवापुस्ता रमाउन थाले