राणाकालीन शिक्षक, ब्राह्मण शिक्षकलाई ‘बाजे’ र अरू जातिका लागि ‘मास्टर साहेब’
तिनताका ब्राह्मण शिक्षकलाई ‘बाजे’ र अरू जातिका लागि ‘मास्टर साहेब’ भन्ने चलन थियो । देवीप्रसाद बाजे, पार्थमणि बाजे, तारामान मास्टर साहेब, चूडानन्द मास्टर साहेब भनिन्थ्यो । एक एक अक्षर उच्चारण गरेर मास्टर साहेब नभनी मास्साब, माड्साब, मास्साहेब भन्ने चलन पनि थियो ।
दरबार स्कुलका कक्षा र जताततै फलानो मास्टर घुस्याहा हो र फलानो मास्टरको यस्तो यस्तो बानी छ भने केटाहरूले खरीले लेखेका हुन्थे । खड्गमान सि