पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
जेठ ३० गते राजा महेन्द्रको जन्मजयन्ती, हेराैं राजा महेन्द्रका १० दुर्लभ तस्विर

पढ्न लाग्ने समय : 10 मिनेट

राजा महेन्द्रले लामो समय राज्य चलाउन पाएनन् । वि.सं. २०११ फागुन ३० गते राजा त्रिभुवनको देहावसान पछि युवराज महेन्द्र राजा भएका थिए । राजा महेन्द्रको जन्म आषाढ कृष्ण पक्ष नवमीको दिन वि.सं १९७७ जेठ ३० गते शुक्रबार भएको थियो । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । त्रिभुवनका दुवै रानीहरु भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसँग धेरै निकटता थिएन । बाल्यकालमा दरबारमा नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको थियो ।

विस्तारै दरबारिया शिक्षकको रुपमा किर्तिराज दलीले दरबारमै शिक्षा दिन थाले । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थाले । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यन गराउन लगाइयो । पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगे पछि दुवै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाए । विस्तारै संगीततर्फ पनि रुचि देखाउन थाले पछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाए । यसरी दरबार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।

घोडचढीमा सिपालु रहेका युवराजको लागी सानो घोडा नै राखिएको थियो । विस्तारै युवराज जवान हुँदै थिए यता दरबारमा धाई तथा अन्य सेवाका लागि रुम्जाटारकी रम्बा गुरुङलाई राखिएको थियो । रम्बासंग भर्खर जवान हुँदै गरेका अल्लारे उमेरका युवराजले गर्भवती बनाइदिए । दरबारले भ्रुण हत्या नगर्ने चलनले गर्दा वि.सं १९९६ मा छोरा जन्मियो । रम्बाको नाम दरबारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको व्यवस्था दरबारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने वञ्चित नै राखे । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरबारले चार जना नोकर सहित वार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो ।

यसरी दरबार भित्रकी सेविकासँग नै लसपस भेटिएपछि युवराजको विवाह ईन्द्रराज्य लक्ष्मीसँग वि.सं.१९९७ बैशाख २६ गते गराइ दिए । विवाहको दश वर्ष पछि दिल्ली पलायन हुनु केवल दुइ महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो । युवराज्ञी इन्द्रको देहावसान भएको दुइ वर्षपछि वि.सं. २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग विवाह गरे । राजा त्रिभुवन यस विवाहको लागी मञ्जुर थिएनन् । जसले गर्दा युवराजले सुटुक्क नागार्जुन दरबारमा गएर रत्नसँग विवाह गरेका थिए । राजा त्रिभुवनको कडा निर्देशन तथा ६ बालबच्चाको भविष्यको लागी पनि विवाह अगाडी नै पाठेघर निकाल्न लगाइएको थियो भनिन्छ । सत्य जे भए पनि सन्तान नपाउने शर्तमा नै रत्नले विवाह गरेको चर्चा त्यति बेला भएको थियो । हुनपनि युवराज्ञी रत्नले सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काएकी थिइन् ।

यो पनि पढ्नुहोस् नयाँ वर्ष वि.संं २०१३ को उपलक्ष्यमा राजा महेन्द्रको सम्बोधन (भिडियो सहित)

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पुरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधीमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधीमा नेपालमा जुन किसिमको विकासका पूर्वाधारहरु बने यसले पछिसम्म विकासका लहरहरु नै चले ।

गाउँ गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरुको दुख सुन्ने परिपाटी उनले शुरु गरेका थिए । जुनपछि राजा वीरेन्द्रले पनि नियमित गरे । राजा महेन्द्रको यदि २०२८ सालको माघमा देहावसान नभएको भए सोही वर्ष फागुन ७ मा बहुदलीय व्यवस्थाको घोषणा गर्दै थिए भन्ने पनि सुनिएको थियो भनिन्छ ।

राजगद्दी सम्हालेको ५ महिनामा नै २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए राजा महेन्द्रले । एक वर्ष नबित्दै असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा केवल नौ महिना पुग्दा मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरु बीचको सामंजस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । देशमा प्रजातन्त्र आगमन पछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरु सक्षम भइनसकेको आभास हुन्छ । यस बीच मातृकाप्रसाद कोइराला दुइ पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरु लामो समय टिक्न सकेनन् वा भनौ टिक्न दिएनन् ।

वि.संं २०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनीतिज्ञहरूको पहिलो जमघट थियो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका पाहुनाहरूले विशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएका थिए ।

देशमा प्रजातान्त्रिक सरकार बने पछि राजा लामो विदेश भ्रमणमा निस्केका थिए । विश्व राजनितीलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको विपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरुको सधै यहि गुनासो रहने गर्दछ, "किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए" ।

देशका जनतासँग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटो घाटोको अप्ठ्यारो महसुस गरि २०१८ मा पूर्व पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुनपनि यस राजमार्गको निर्माणले पूर्व देखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।

भनिन्छ, त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र इश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरु पनि भए होलान । जसलाई केही वर्गले सहजै स्वीकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरु राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आवश्यक कदम चाल्थे ।

धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बने देखि नै यस माथी गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको विकल्पको लागी लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको व्यवस्थाको शुरुवात धेरै पहिले देखी भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलाद्मीहरुको समुहले गाउँको सम्पूर्ण व्यवस्था गर्दथे । उनीहरुमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यबस्थाको थालनी गरेका थिए । पञ्चायती व्यवस्था वास्तवमा पूर्ण रुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरु बढी बाहिरिन पुग्यो । पञ्च भलाद्मी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो पछि पञ्चेको रुपमा बदनाम भयो ।

राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागी बिभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमश बाटाहरुले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यतिबेला ति उद्योग कल कारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्ने थिए । तर अहिलेको तुलना गर्यो भने व्यक्तीमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन ।

राजा महेन्द्रको जन्मजयन्तीमा उनको स्मरण गर्दै हेराैं केही दुर्लभ तस्विरहरूः


गद्दी आरोहणका क्रममा राजा महेन्द्र । 


अष्ट्रेलियाको सिड्नीमा राजा महेन्द्र तथा रानी रत्न । 

 


पश्चिमाञ्चल भ्रमणका दाैरान राजा महेन्द्र । 


इन्द्रजात्रा समारोह अवलोकन गर्दै राजा महेन्द्रको सपरिवार । 


सैनिकमञ्चमा आयोजित समारोहमा पुरस्कार वितरण गर्दै राजा महेन्द्र । 

 


राजा  महेन्द्रको  बेलायत  भ्रमणका दाैरान बीबीसी रेडियोका लागि अन्तर्वाता लिँदै यादव खरेल  ।

 


महारानी एलिजावेथको नेपाल भ्रमणका क्रममा स्वागत गर्दै राजा महेन्द्र तथा रानी रत्न । 


चीन भ्रमणका दाैरान नेता माओत्सेतुङसँग राजा ।


भारत भ्रमणका क्रममा सलामी ग्रहण गर्दै राजा महेन्द्र । 


सन्दर्भ सामाग्री

सुनिल उलक
विभिन्न अनलाइनहरू
डउड हल

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर