पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
ढुङ्गेसाँघुमा जन्मिएका मदन भण्डारीको दासढुङ्गामा ज्यान गयो

पढ्न लाग्ने समय : 5 मिनेट

वि.संं २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका मदनकुमार भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आमनिर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।

यो पनि पढ्नुहोस् प्रधानमन्त्री मरिचमान सिंह जो राजनीतिबाट अलग बसे तर देश बेचेनन्

पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भयो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो। वि.सं. २०१५ साल गाउँ मै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो)बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्ने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकाल मै चण्डी कण्ठाग्र गर्ने गर्नाले उनी जिल्लाभर चर्चित भए, यद्यपि उनले अक्षरहरू चिनिसकेका थिएनन्। उनका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाए, दुःख भएन। हिलो धूलोमा पढ्न पनि परेन। वि.सं. २०२३ मा गाउँमा उपलब्ध पढाई सके।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्‍यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।

अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको 'को-अर्डीनेशन केन्द्र'मा आबद्ध भई 'मुक्तिमोर्चा समूह'लाई नै त्यसमा विलय गराइयो। २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-मार्क्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। उनी भारतको मथुरामा अध्ययन गर्न गए। दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे।



बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिनपछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्। नेताद्वय सवार जीपका चालक अमर लामाको ११ साउन २०६० मा किर्तिपुरको गल्लीमा लखेटी लखेटी हत्या भएपछि २०५० जेठ ३ गतेको घटना झनै रहस्यमय बन्न पुगेको छ।


 


मोरङको उर्लाबारीमा स्थापित मदन भण्डारी संग्राहलयमा राखिएको दिवंगत मदन-आश्रित सवार जीप
 

सन्दर्भ सामाग्री
विकिपिडिया
रातोपाटी 
People's Leader of Nepal Madan Bhandari

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर