पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
रातो मत्स्येन्द्रनाथ अर्थात वर्षा र सहकालका देवता

पढ्न लाग्ने समय : 2 मिनेट

रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहि आएको छ ।



जनश्रुति अनुसार लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए । यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो । त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथचक्र -ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए । ऐतिहासिक भनाइअनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४ मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो ।

यो पनि पढ्नुहोस् चण्डासुर मारिएको खुशीयालीमा बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा (दुर्लभ भिडियो सहित)



जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो । रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।



रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । जात्रा अवधिभर ललितपुरका साथै काठमाडौँ र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ । 



सन्दर्भ सामाग्री

विकिपिडिया
डउग हल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर