पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
गोरखापत्र प्रकाशित भएको १२१ वर्ष पूरा !

पढ्न लाग्ने समय : 4 मिनेट

एकसय एकाइस वर्षदेखि आज पर्यन्त निरन्तर प्रकाशित हुँदै आएको 'गोरखापत्र' लाई नेपाली छापा पत्रकारिताको क्षेत्रमा सूचना प्रवाहको एउटा अत्यन्त विश्वसनीय पत्रिकाको रुपमा लिइन्छ । यस पत्रिकाको एकसय एक्काइस वर्षको प्रकाशनयात्रा स्वयंमा गोरखापत्रको गौरवशाली र ऐतिहासिक यात्रा हो । यसले यो समयावधिको प्रत्येक महत्वपूर्ण घटनालाई आफूभित्र सुरक्षित राखेको छ ।


वि.सं. २०४५ ताका  भेडासिं काठमाण्डाैमा गोरखापत्र पढ्दै आदित्यदास कर्माचार्य । 

यस भित्र नेपाली भाषा, साहित्य, कानुन, राजनीति, ज्ञान, विज्ञान, धर्मकर्म, रीतिस्थिति, खेतीपाती लगायत सवैथोक छ । वि.सं १९५८ साल बैशाख २४ गतेदेखि नेपालको जेठो समाचारपत्रको साप्ताहिक रुपमा प्रकाशित हुँदे आएको आजको गोरखापत्र १९८३ साल जेठ ४ गते सोमबार अघिसम्म गोर्खापत्र’ को रुपमा प्रकाशित हुनपुगेको पाइन्छ । १९६० सालमा आएर गोरखापत्रमा साल, महिना, गते र बार स्पष्ट रुपमा खुलाई प्रकाशित गर्ने क्रम सुरु भएको पाइन्छ । वि.सं १९५८ साल बैशाख २४ गतेदेखि १९९१ बैशाखसम्म हरेक हप्ता सोमबारका दिन साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र त्यस पश्चात् २००० साल असोज १५ सम्म हरेक हप्ता शुक्रबारका दिन प्रकाशित हुन थालेको पाइन्छ । त्यस पश्चात् वि. स.२००० असोज २९ देखि २००३ साल पुस २ गतेसम्म हप्ताको दुइृ दिन सोमबार र शुक्रबार प्रकाशित हुन थालेको हो । त्यस पछि २००३ साल पुस ८ गतेबाट २०१७ साल फागुन ४ गतेसम्म सोमबार,बुधबार र शुक्रबार गरी हप्ताको तिन दिन प्रकाशित हुँदै आएको गोरखापत्र २०१७ साल फागुन ७ गतेबाट भने दैनिक रुपमा प्रकाशित हुन थालेको पाइन्छ । त्यसैगरी २०२२ साल कात्तिक २ देखि २०२३ साल असोज २२ गतेसम्म गोरखापत्र विहान र साँझ सन्ध्याकालिन संस्करण गरी दैनिक दुई पटक पनि प्रकाशित भएको पाइन्छ । २०१९ साल असार ९ गतेबाट शनिबासरीय परिशिष्टाङ्क प्रकाशनको सुरुआत भएको हो । वि.सं. २०२० साल असार २५ गतेदेखि गोरखापत्र कर्पोरेशन ऐन–२०१९अन्तर्गत गोरखापत्र सस्थानको रुपमा स्थापित गोरखापत्रले सस्थागत स्वरुप प्राप्त गरेको हो । संस्थानको अङ्ग्रेजी प्रकाशन दि नेपलिज पर्सपेक्टिभ शीर्षकको अङ्ग्रेजी साप्ताहिक पत्रिकाको प्रकाशन २०२१ सालको असोज सुरु भएको हो भने सो पत्रिका २०३२ सालसम्म निरन्तर रुपमा प्रकाशित भएको पाइन्छ । २०२२ साल पुस १ गतेबाट अङ्रजेजी दैनिक दि राइजिङ्ग नेपाल, २०२५ साल जेठ महिनादेखि साहित्यिक मासिक मधुपर्क, २०४५ साल असारबाट युवामञ्च मासिक र २०४७ साल वैशाख ९ गतेबाट बालबालिकका लागि मुना मासिक प्रकाशित हुन थालेको पाइन्छ । २०४७ साल वैशाखबाट हरेक आइतबार अङ्ग्रेजी साप्ताहिक सण्डे डिस्प्याच र २०५५ साल वैशाखबाट पारिबारिक मासिक मनोरम अप्सराको प्रकाशन सुरु भएपनि ती प्रकाशनहरु पछि बन्द हुन पुग्यो ।



'गोर्खापत्र'को पहिलो अंक
 

यो पनि पढ्नुहोस् गोरखापत्रमा छापिएको पहिलो फोटो

तस्विरको हकमा भने वि.सं. १९८४ साल वैशाख १३ गते को गोरखापत्रमा चर्खा बुनिरहेकी एउटी सर्वसाधारण युवतिको तस्विर छापिएको पाइन्छ । श्याम–स्वेतमा छापिदै आएको गोरखापत्र २०५७ साल असार १ गतेबाट रङ्गीन कलेवरमा प्रकाशित हुन थालेको हो ।


गोरखापत्रमा छापिएको पहिलो तस्विर । 

नयाँ पुस्ताको इच्छा र समयको आवश्यकतालाई पच्छाउँदै गोरखापत्रले आफ्नो अनलाइन सेवा समेत सुरु गरेको छ ।

सन्दर्भ सामाग्री
गोरखापत्रडटओआर्जी
विभिन्न अनलाइनहरू । 

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर