पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
बैशाखमा मदन भण्डारीले पासाङ ल्हामुलाई शुभकामना दिए, जेठमा जनताले दुवैलाई श्रद्धाञ्जली

पढ्न लाग्ने समय : 4 मिनेट

सगरमाथामा थुप्रै नेपाली र विदेशी पुगेपनि लामो समयसम्म कुनै नेपाली महिलाले सगरमाथा शिखरमा टेक्न सकेका थिएनन्। सन् १९९३ मा नेपाली महिलाहरूको टोली सगरमाथा शिखरमा टेक्न कस्सियो। त्यो टोलीमा पासाङ ल्हामु शेर्पा र ल्हाक्पा फुटी शेर्पा सहित अन्य नेपाली महिलाहरू थिए। पासाङ ल्हामु शेर्पा सगरमाथा शिखरमा टेक्ने पहिलो नेपाली बनिन्। तर त्यही दलका अरू महिला सदस्य भने शिखरमा पुगेनन्।


 

०१७ सालमा सोलुखुम्बु जिल्ला को चौरीखर्क, लुक्ला सुर्के-४ मा  जन्मिएकी पासाङ ल्हामु पिता फूर्वा कितार शेर्पासंग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्।  दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ ०३६ साल ताका पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकी थिइन् । सगरमाथा चढ्नु भन्दा पहिले  मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी पासाङको ०४७ पछि लगातार ३ पटक सर्वोच्च शिखरको आरोहण प्रयास सफल हुन सकेको थिएन् । 

२०५० साल बैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाड्दै सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन्। सर्वोच्च शिखरमा उनको सफल आरोहणले नेपाली जनमानसलाई तरङ्गित तुल्यायो, यसो हुनु स्वभाविक नै हो किनकी उनी पहिलो महिला थिइन् जसले सगरमाथा चढेर महिलापनि के कम भन्ने प्रमाणित गरेर देखाइदिइन् । 


 

शिखर आरोहण गरि फर्कने क्रममा खराब माैसमका कारण बीचमै अड्किएकी विरंगना शेर्पाको शव १९* औं दिन फेला परेको पर्यो तर उनका गाइड सोनाम शेर्पा शव आजसम्म फेला पर्न सकेको छैन् । तिब्बती मोहोडामा भेटिएको पासाङको शव हेलिकप्टरमा काठमाण्डाै ल्याइ अन्तेष्टी गरियो ।

* कतै १५ औं कतै १८ औं दिनमा भनिएको छ ।   

पासाङ ल्हामु शेर्पाको शव यात्रा तथा अन्तेष्टी समारोहको भिडियो हेराैं

सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।

पासाङ ल्हामुको साहसको सम्मान गर्दै नेपाल सरकारले उनलाई दिवंगत भएको ९ वर्षपछि २०५९ साल वैशाख १० गते नेपालको राष्ट्रिय विभूती घोषित गर्यो भने नेपाल तारा अलंकारले सम्मानित गर्‍यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ। त्यस्तै मृत्यु पश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो। त्यस्तै उनको गाउँ नजिकैेकोको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण गरिएको छ।





 

नार्कले धान र गहुँको बिउको नाम पनि पासाङल्हामुको सम्मानमा नाम राखेको छ । झापाको धुलाबारीमा पासाङल्हामुको नाममा रंगशालाको नाम राखिएको छ । काठमाडाैं–त्रिशुली–धुन्चे सडकको नाम पनि पासाङल्हामु सडक नामाकण गरिएको छ । तथापि उनले राष्ट्रलाई दिएको योगदानको तुलनामा यी नाम र कामहरू नगण्य नै हो भन्ने लाग्छ ।


 

वीरंगना शेर्पाप्रति श्रद्धा सुमन ।

 

सन्दर्भ सामाग्री

बीबीसी नेपाली
इकान्तिपुर
अन्नपुर्णपोष्ट
साैर्यअनलाइन
राजभाइ सुवाल
ल्हाक्पा फुटी शेर्पा

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर