पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
हिन्दी भाषामा भाषण गर्न खोज्नेलाई महाकवि देवकोटाको जवाफ

पढ्न लाग्ने समय : 2 मिनेट

विक्रम संवत् २०११ साल बैशाख १ गते गठन भएको सल्लाहकार सभाका सदस्य लक्ष्मीप्रसाद देवकोटा सभाको बैठकमा विशुद्ध नेपाली भएर पुगेका थिए, त्यो बेला तराईबासी सदस्यहरूले सभामा हिन्दी भाषामा भाषण गर्न थाले । सभामा राष्ट्रभाषामा बोल्नुपर्छ भन्ने आवाजका विपरित तराईबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभा बहिष्कार गरे । दुईदिन पछि सभा पुनः सञ्चालन भयो तर तराईबाट प्रतिनिधित्व गर्ने सदस्यको बहिष्कार जारी भएपछि देवकोटालाई झोंक चलेछ अनि उनले सदनमा अंग्रेजी भाषामा भाषण गर्न थाले ।

यो पनि पढ्नुहोस् "जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ, खाली खुट्टा दाैडँदा साताैं भएँ"

अध्यक्षको रूलिङमा देवकोटाले प्रतिउत्यूर दिएका थिए ''हिन्दी यस देशको अर्ध राष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तराष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त अंग्रेजी किन बोल्न नपाइने ? हिन्दीलाई राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन, संयुक्त राष्ट्रसंघमा अंग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अंग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकांश हिन्दी बुझ्दैनाैं तर एक दुई जना छाडे यहाँ अंग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्दिन्ँ ।" देवकोटाको यो कुरालाई एकपछि अर्को गर्दै सबैको समर्थन प्राप्त भएपछि तराईका सदस्यहरूले जवाफ दिने ठाउँ भएन्। पछि देवकोटाले दुःखी हुँदै भने "मुलुकमा प्रजातन्त्र आओस् भन्ने व्यक्ति म पनि थिएँ, तर प्रजातन्त्रले मेरो भाषामा नै छुरी हान्छ भन्ने मलाई के थाहा । "

सन्दर्भ सामाग्री
नरेन्द्रराज प्रसाई
देवकोटाको जीवनशैली 
मदन पुरस्कार पुस्तकालय

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर