पछिल्लो

  1. नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
  2. त्यो जनसेवा सिनेमा, त्यो न्युरोड
  3. "त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे"
  4. २०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए
  5. जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित
  6. '५४ वर्षअघिको काठमाडौं किसानको शहर, अहिले कंक्रिटको पहाड'- आर्किटेक्ट वुल्फ ग्याङ कर्न
  7. बाटोमा गाडी कुरेर बसेका जनतालाई लिफ्ट दिने राजा
  8. पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
  9. गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?
  10. नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
बिस्का (बिस्केट) जात्रा

पढ्न लाग्ने समय : 8 मिनेट

सम्भवत् काठ उपत्यकाभित्र मनाइने सबैभन्दा पुरानो जात्रामा बिस्का: वा बिस्केट पनि पर्दछ । यसलाई लिच्छवी कालदेखी नै मनाइँदै आएको भन्ने मान्यता छ । मीन राशीको अन्तिम दिनबाट शुरु भएर मेष राशी प्रवेशपछि समाप्त हुनेगर्दछ । बैशाख संक्रान्तिको अघिल्लो दिन यस पर्व मनाउन शुरु भएर नयाँ वर्षको दिन समाप्त हुने चलन छ । यो जात्राले पुरानो सालको बिदाई र नयाँ सालको स्वागत एकसाथ गर्ने गर्दछ । मल्ल कालदेखी भने यो जात्रा नौ दिन सम्म मनाउन थालिएको देखिन्छ ।

बैशाखमा हामी नयाँ वर्ष मनाउँछौं । तर सातौ शताब्दीमा महिनाहरुको शुरु भइसकेको थिएनँ तर राशीका नामहरु शुरु भइसकेको थियो । जसअनुसार मेष राशीबाट वर्षको शुरुवात हुन्थ्यो भने मीन राशीमा पुगेर वर्षको अन्त्य हुन्थ्यो । मेष राशीमा सूर्यले प्रवेश गर्ने यस दिनलाई विषुवत संक्रान्ति पनि भन्ने गरिन्छ । विषुवत दिनलाई अंग्रेजीमा Equinox Day भनिन्छ । यस दिनमा दिन र रात बराबर हुन्थ्यो । तर अचेल हुँदैन् । अंग्रेजी महिना मार्च २१ मा दिन र रात बराबर हुन्छ । तसर्थ चैतको ७-८ गते तिर नै विषुवत दिन हुने गर्दछ । तर हामी २५-२६ दिन पछि नयाँ वर्ष मनाइहेका छौँ । यहाँ विज्ञहरु नै सूर्य विषुवत रेखामा प्रवेश गर्ने भएको हुँदा विषुवत संक्रान्ति भनिएको भन्ने प्रचार गर्ने गर्दछन् । हामीले बनाउँदै र हेर्दै आएको पात्रो तथा क्यालेन्डर सबै गलत छन् । पर्व सुधार समितीले यस सम्बन्धी जानकारी नेपाल सरकारलाई दिइए पनि सुधार गरिएको छैन् ।

यो पनि पढ्नुहोस्बिस्काः जात्राका १० दुर्लभ तस्वीरहरू

नेपाल पञ्चाङ्ग निर्णायक समितिका वरिष्ठ सदस्य ज्योतिष किर्तीमदन जोशीका अनुसार पनि हामी हामी गलत पात्रोको साथ पर्व तथा जात्राहरु मनाइरहेका छौँ । हामी सबै गलत गर्दैछौँ । हाम्रा भविष्यफल देखाउने जन्मकुण्डली एवं हामीले पूजा गर्ने कुनै पनि साइत वास्तवमा भनौँ भने मिल्दैन । तर पनि हामी गलत तथ्य र आँकडाका आधारमा भविष्य फल दिने गर्दछौँ । जसले गर्दा कुण्डली अनुसार हाम्रो दिनचर्या वा भाग्यफलहरु मिलिराखेका छैन् ।

बिस्का: सम्बन्धी धेरै किंवदन्ती प्रचलित छन । विभिन्न मल्ल राजाको समयमा विभिन्न कथा गाँसिएका छन् । काशी विश्वनाथलाई पनि बिस्केट जात्रासंग गाँसेको पाउँछौं । कुनै बेला विश्वनाथ बिस्काः हेर्न आउँदा तान्त्रिकले थाहा पाएर तान्त्रिक शक्तिले समाउन खोज्दा टाउको छुटाएर शरीर मात्र काशी फर्केको किंवदन्ती छ । नेपालमा छोडिएको शिरलाई नै यस जात्रामा रथ यात्रा गरेर मनाउने गरिन्छ ।

यो पनि पढ्नुहोस् 

बिस्का: को मूल देवता नै विश्वनाथ भैरव हुन् । विश्वनाथ भैरव काशी विश्वनाथको शिर होइन, त्यतिबेला लिच्छविहरु तथा तान्त्रिकहरुका गुरु भैरव हुन् । त्यसैले बिस्का: मा भैरवीको रुपमा नकिंजु अजिमा, उनको बाहन वीर र वेताल, अष्टमातृका गणहरु भद्रकाली, दुमाजु देवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी तथा छुमा गणेशको पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता तान्त्रिक शक्तिको लागि पूजा गरिने देवीदेवता हुन् । पूजामा तान्त्रिक रुपमा पञ्चतत्व मिश्रित सम्हेयबजी चढाउने गरिन्छ र प्रसादको रुपमा खाने गरिन्छ ।

नेवा:हरु भैरवलाई योम्हसिद्ध (मनपर्ने सिद्ध देवता) अर्थात योसिंह द्य भन्ने गर्दछन् भने भैरवकै अर्को रुप भीमसेनलाई भीँद्य (असल देवता)को रुपमा पूज्ने गर्दछन् । तसर्थ नेवा: बाहुल्य हुने हरेक शहरमा भीमसेन तथा भैरवको मन्दिर हुने गर्दछ । अझ बढि भैरवलाई विशेष रुपले आस्था भक्तपुरका नेवा:हरुले गरेको पाउँछौँ ।

बिस्का: संगै नागनागिनीको कथा पनि गाँसिएको हामी पाउँछौ । लिच्छवी राजा शिवदेव दिवतियको समयमा किराँती आक्रमणबाट जोगाउन तान्त्रिक शेखर आचाजुले आफू बाघ भएर हजारौ अन्य बाघ पनि आफ्नै शक्तिले तयार गरेर किराँतीहरुले भगाएका थिए । पछि राजाले धुमधामले सिन्दुर जात्रा गरेर घर पठाउँदा तान्त्रिक शेखर आचाजुका श्रीमती नररुपाले श्रीमानको यो शक्तिको कुरा सुनेपछि श्रीमान सामु आफूले कहिल्यै अजिंगर नदेखेको हुँदा अजिंगरको स्वरुप देखाउन अनुरोध गरे । आचाजुले मन्त्र फुकेको चामल श्रीमतीलाई दिएर भने शुरुमा चामल छर्केर अजिंगर बनाउने र पछि फेरी अर्को चामल छर्केर मानिसको स्वरुपमा फर्काउन अह्राए । नररुपाले शुरुको चामल छर्के जसले गर्दा श्रीमान् भयंकर अजिंगर बने । तर, अजिंगरको स्वरुप देखेर तर्सिएका श्रीमती भागे । श्रीमान् चामल नछर्किकन भागेका श्रीमतीको पछि पछि लागे । यसले गर्दा झन् तर्सिएका श्रीमतीको हातको चामल आफ्नो शरिरमा पर्न गयो । जसले गर्दा श्रीमती पनि अजिंगर बने । यसरी दुवै श्रीमान् श्रीमती अजिंगर बनेपछि राजा कहाँ पुगे । शायद राजाले थाहा पाएर मानिसको स्वरुपमा फर्कन मद्दत गर्ने आशामा रहेका आचाजु दम्पति राजाबाट पनि सहयोग नपाए पछि योसिंखेलको प्वालमा पसेर आत्महत्या गरे । यहि जोडी नागनागिनीको प्रतिक स्वरुप बिस्का: को रथमा लामो काठमा नागनागिनीको स्वरुपको रुपमा झुन्ड्याएर प्रदर्शन गर्ने जात्राको रुपमा बिस्का: चलेको भन्ने किंवदन्ती प्रख्यात छ ।

आखिर जे जसरी यस जात्राको व्याख्या गरिए पनि मातृसत्तात्मकको अन्त्य भइ पितृसत्तात्मकको शुरुवात भएको खुशियालीमा नै यो पर्व मनाइन थालेको भन्ने बुझ्दछौँ । साथै यो पर्व मनाउने समय बाह्र राशीको समाप्ती पछि नयाँ युगको शुरुवातको खुशियालीमा पनि मनाएको देखिन्छ । लिच्छवीकालको सातौ शताब्दी तिरबाट यो जात्रा मनाउन थालिएको तथ्यलाई मान्न थाल्यौ भने पनि सो समयमा बैशाख-जेठ नामक महिनाहरुको शुरुवात भएको थिएन् । एक वर्षमा सूर्यले बाह्र राशी परिक्रमा गर्ने मान्यताको शुरुवात भइसकेको थियो । यसर्थ, मेष देखी मीन सम्मको बाह्र राशीको परिक्रमा पछि पून मेष राशीमा अर्थात विषुवत् दिनमा प्रवेश गर्ने हुँदा यो जात्रा मनाउन थालिएको पाउँछौ ।

भैरवलाई विशेष रुपले भक्तपुरबासीले मान्ने गर्दछन् । भक्तपुरबाट पोखरा आएका नेवा:हरुले पोखरामा पनि बिस्का: मनाउँछन् । त्यस्तै तन्त्रशक्तिको आधारमा गरिने नाच बाह्र भैरव नाच पनि पोखरामा नचाउने गरिन्छ । बाह्र वर्षको एक पटक (हाल ६ वर्षको एकपटक) भैरव नाच नचाउने गरेको हामी पाउँछौ । पोखरामा भैरव नाच भनिए पनि भैरव नाचेको देखिँदैन तर भैरव अर्थात शिवको परिवारको रुपमा सबैभन्दा अगाडि डाकिनीको रुपमा पार्वती तथा भैरवका बाहान कवंचा र भुत्चा तथा गणेश सहभागी हुन्छन् भने आठवटा अष्ट मातृकाको रुपमा महाकाली, बुढीको रुपमा चामुण्डा, इन्द्रायणी तथा बाराही नाच्दछन् भने अन्यमा बैष्णवी, ब्रम्हायणी, कुमारी, तथा गंगाजुको रुपमा महालक्ष्मीले नृत्य गर्दछन् । वैदिक पूजामा गणेश सबैभन्दा अगाडि पूजिने भए पनि तन्त्रशास्त्रका अनुसार मूलाधार चक्रको आधारमा रहेका गणेश सबैभन्दा पछाडि रहने गर्दछ । भक्तपुरको नवदुर्गा नाचसंग केही मिल्ने यो नाचमा नवदुर्गाको रुपमा नाचिने महाकाली, कुमारी, बाराही, ब्रम्हायणी, माहेश्वरी, वैष्णवी, इन्द्रायणी, महालक्ष्मी तथा त्रिपुरासुन्दरी गरेर नवदुर्गाको रुपमा लिइन्छ । यहाँ त्रिपुरासुन्दरी पनि बाहिर नाच्ने गर्दैनन् । त्रिपुरासुन्दरीको ख्वापालाई गँछेँ भित्र नै राखिन्छ । जसले गर्दा नृत्यमा सहभागी भने त्यहाँ पनि आठ देवी नै हुने गर्दछ । 

प्रस्तुतीः सुनिल उलक

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए
  3. "बानेश्वर क्षेत्रको बाटोमा गाडी देख्न पाउँदा निकै रमाइलो हुन्थ्यो"- श्रीहरि अर्याल
  4. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  5. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  6. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  7. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  8. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  9. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  10. हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर