पढ्न लाग्ने समय : 1 मिनेट
हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार विश्वभर कुष्ठरोग विरूद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाउने गरिन्छ ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भईसके पनि यस प्रकारका रोगको लक्ष्यण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसुस गरी उपचारको प्रकृयामा सहभागी नभएका उदाहरणहरु प्रसस्तै भेटिन्छन् । त्यहि भएर बेलाबेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आईरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् । मानिसमा उपचार गरे निको हुन्छ भन्ने विस्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मुल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
#तस्बिरमा वि.संं २०२० साल ताका तानसेनस्थित मिसन अस्पतालमा कुष्ठरोग जाँच गदै चिकित्सक कार्ल फ्राइड्रिक्स